alliance khabar

शुक्रबार, आश्विन ३१, २०८२

ललितपुर, असोज ३१ गते ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ । असोज २८ गते सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि स्थगित केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार प्रस्तुत प्रस्तावमाथि छलफल प्रारम्भ भएको हो ।

बैठकलाई सम्बोधन गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभयो । महामन्त्री थापाले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टीको १५ औँ महाधिवेशन तयारी, प्रतिनिधि सभा विघटन र फागुन २१ गतेका लागि घोषित निर्वाचनका सन्दर्भमा छलफलका लागि प्रस्ताव पेस गर्नुभयो । उहाँले तोडफोड र आगजनीबाट क्षतिग्रस्त सानेपास्थित केन्द्रीय कार्यालयसहित विभिन्न जिल्लाका पार्टी कार्यालयको पुनर्निर्माण, देशको शान्तिसुरक्षा एवं सुशासन, प्राकृतिक विपत् र क्षतिपूर्ति तथा पुनर्निर्माण तथा कार्यसम्पादन समितिको निर्णयका सन्दर्भमा पनि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

नेतृत्व परिवर्तन महाधिवेशनको एजेन्डा : एमाले

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटीको १० औँ बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको छ । बुधबार सुरु भएको बैठकमा तीन मिनेटभित्र केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको हो ।

हालसम्म धारणा राख्ने अधिकांशले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्नु नहुने, जेनजी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्नुपर्ने र नेतृत्व परिवर्तनको मुद्दाको विषयमा उहाँहरूले धारणा राख्नुभएको छ । केही केन्द्रीय सदस्यले अहिले नेतृत्व परिवर्तनको मुद्दा महाधिवेशनमा उठाउनुपर्ने बताउनुभएको छ भने केहीले केन्द्रीय कमिटीको बैठकले नै त्यसको टुङ्गो लगाउनुपर्ने राय राख्नुभयो ।

एमालेले नेतृत्व परिवर्तनबारे चलेको बहस महाधिवेशनले नै निष्कर्षमा पु¥याउने जनाएको छ । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले नेतृत्व परिवर्तनबारे छलफल गर्न आवश्यक नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो विषय महाधिवेशनको एजेन्डा हो ।  भावी नेतृत्व, नेतृत्वमा इच्छुक साथीले महाधिवेशनमा आफ्नो कुरा राख्नुहुन्छ ।” उहाँका अनुसार बुधबार ५० र बिहीबार १३४ केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल