आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै: सञ्चारमन्त्री शर्मा

काठमाडौँ, ३० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गर्नुभयो । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश […]

देश र जनताको हितमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव

ताप्लेजुङ, २९ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको […]

स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्न आवश्यक : डा शेखर कोइराला

घोराही (दाङ), २९ चैत: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ । मिश्रित निर्वाचन प्रणलीका कारण ६÷६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको बताउनुभयो । नेपाली कांग्रेस दाङको दोस्रो […]

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

बारा, २५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताउनुभयो । उहाँका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, […]

उपनिर्वाचनमा उम्मेदवार टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं/ २० चैत । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा ९१० मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २० चैत दिउसो बस्दैछ । निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवार निर्धारण गर्न बैठक आह्वान गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार […]

माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य काली बहादूर खाम पक्राउ

काठमाडौँ/ २० चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। ०६५ साल वैशाख १५ गते कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा फरार रहेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका हुन्। जिल्ला प्रहरी काठमाडौँ परिसरको टोलीले आज मंगलबार दिउँसो काठमाडौँकै ठमेलबाट पक्राउ गरेको परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। खत्रीका […]

रास्वपाबाट लिम्बू उम्मेदवार

काठमाडौँ, १५ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आउनुभएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत […]

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाउनुभएको हो । अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ […]

योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

काठमाडौँ, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको […]

सीआईबीमा दुई घण्टा बयान दिएर निस्कदै गर्दा चौधरीले भने : आफूमाथि राजनीतिकरण गरियो

काठमाडौं- ८ चैत । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् । बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल