सर्लाही, मङ्सिर २५ गते । सर्लाहीमा नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. १ मा क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि बसेर सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीले दाबी गर्नुभयो । उहाँका अनुसार क्षेत्र नं. […]
काठमाण्डौ , मङ्सिर २४ गते । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १० बाट नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्रकुमार कुँवर सिफारिस हुनुभएको छ। क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि श्रमिक नेता योगेन्द्रकुमार कुँवरको नाम सिफारिस गरेसँगै श्रमिक आन्दोलन थप उत्साहित भएको हो। लामो समयदेखि ट्रेड युनियन आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आउनुभएका कुँवरलाई उम्मेदवारका […]
काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ, देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान […]
काठमाडौँ, मङ्सिर २४ गते । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण […]
धनगढी, मङ्सिर २३ गते । नेपाली कांग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ । सो पार्टीको क्षेत्रीय समितिले केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चार जनाको नाम आएको थियो […]
काठमाडौँ, मङ्सिर २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबिच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ । मङ्गलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ […]
काठमाडौँ, मङ्सिर २२ गते । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ । दुर्गा प्रसाईँको नेतृत्वमा गएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि हुनुहुन्थ्यो। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गर्नुभएको थियो । अभियानका […]
काठमाडौं, मङ्सिर २२ गते । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको छ। यसै सन्दर्भमा उहाँले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो […]
नेपालगन्ज, मङ्सिर २१ गते। अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न गठन गरिएको अन्तरिम सरकारले देशको आर्थिक अवस्था सुधारका लागि निरन्तर काम गरिरहेको बताउनु भएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले निश्चित समय र कार्यका लागि बनेको सरकारले छोटो समयमै आर्थिक सुधारका धेरै काम गर्ने बताउनुभयो। […]
काठमाडौँ, मङ्सिर २१ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले आज सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्नु भएको छ।उहाँले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गर्नुभएको मन्त्री अर्यालको सचिवालयल जनाएको छ। जेनजी सहिदका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धताबारे […]