alliance khabar

आइतबार, पुष २७, २०८२

काठमाडौँ, पुस २७ गते।

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा नागरिकका असन्तुष्टि बुँदागतरुपमा सङ्कलन गरेर गम्भीरतापूर्वक समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केबल सङ्गठनात्मक अभ्यास नभइ जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताउनुभएको हो।

महामन्त्री शर्माले भन्नुभयो, “आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू, कसैले लाइभ, कसैले युट्युबमार्फत हेर्दै हुनुहुन्छ। तपाईंहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा, बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं, पहिचान गर्नेछौं।”

उहाँले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट महाधिवेशन हेरिरहेका नागरिकलाई सम्बोधन गर्दै कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने स्पष्ट पार्नुभएको हो। नागरिकका गुनासा टिपोट एवम् पहिचान गरेर नदोहो¥याउने सङ्कल्पसहित विशेष महाधिवेशनमा अघि बढ्ने उहाँको भनाइ छ।

उहाँले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिक सन्तुष्ट हुन नसकेको उल्लेख गर्नुभयो। सरकार परिवर्तनले सत्तामा पुगेकालाई त सन्तुष्टि मिलेको हुनसक्ने तर आम नागरिकले अनुभूति गर्न नसकेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “३४ वर्षमा ३० वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला, नागरिकलाई मिलेन। प्रशासनिक कार्यालयमा सेवा लिन गएका सेवाग्राही कोठाबाट अर्को कोठा धाइरहनु पर्छ। भोलि–भोलि भनिँदा सीडीओ वा मन्त्रीलाई सञ्चो लाग्ला, सेवाग्राहीलाई लाग्दैन।”

कृषि क्षेत्रमा देखिएको समस्यातर्फ संकेत गर्दै शर्माले मल नपाएर खेतमै अल्मलिएका किसानले मन्त्रीको अनुहार सम्झेर खेती हुने मान्यता नस्वीकार्ने टिप्पणी गर्नुभयो।

उहाँले यस्ता असन्तुष्टिका उदाहरणहरू धेरै रहेको र तिनलाई विशेष महाधिवेशनको बन्दसत्र प्रतिवेदनमा विस्तृत रूपमा प्रस्तुत गरिने जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल