alliance khabar

आइतबार, पुष २७, २०८२

काठमाडौँ, पुस २७ गते ।

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि खेलिएको अभ्यास खेलमा नेपालले अमेरिकामाथि जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले अमेरिकालाई चार विकेटले हरायो । अमेरिकाले दिएको एक सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाउनुभयो । पूजा महतोले अविजित ४३, काजल श्रेष्ठले २८ तथा कविता जोशीले १२ रन बनाउनुभयो । बलिङमा अमेरिकाका तारा नोरिस र लेखा शेट्टीले दुई दुई तथा तरानुम चोपराले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । अमेरिकाका लागि एला क्लारिजले ३९ रन बनाउनुभयो । पूजा गनेसले २२ रन बनाउनुभयो ।

बलिङमा नेपालकी मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, कविता जोशी, रिया शर्मा र रचना चौधरीले एक एक विकेट लिनुभयो । यसअघि अध्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।

जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ ।

यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटका लागि नेपाली टोलीको घोषणा भईसकेको छ ।

१० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ ।

छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल