नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित

काठमाडौँ, भदौ १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ । बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, […]

मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट

विराटनगर, भदौ १२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत स्मुलिक ऐरी बासबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबिचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यसलाई अझै प्रगाढ बनाएर लैजानुपर्ने बताउनुभयो । दुई देशबिच कृषि, श्रम, रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको […]

चीनको शान्सी प्रान्तसँग सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची, भदौ १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा मंगलबार भएको शिष्टाचार भेटमा मुख्यमन्त्री आचार्यले […]

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : महामन्त्री थापा

पाटन (ललितपुर), भदौ ९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सबलीकरण, सङ्घ प्रदेश स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सङ्घीयतालाई जनभावना अनुरुप प्रभावकारी […]

दरखाने दिनले माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस् : प्रधानमन्त्री

काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको दर खाने दिनको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । “आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरियोस्” प्रधानमन्त्री ओली लेख्नुभएको छ, “तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा […]

सामुदायिक विद्यालयको व्यवस्थापन

धेरै समयदेखि प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिमा अड्केको शिक्षा विधेयक हालै मात्र माओवादी, राप्रपा र रास्वपाका फरक मत सहित पारित भएको छ । विधेयक पारित हुने क्रममा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा यो विषयले धेरै महत्व पाएको देखिन्छ, जुन आवश्यक पनि थियो । नेपालको संबिधान – २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ […]

सिँचाइ गर्न २४ घण्टा नै विद्युत आपूर्ति : उर्जामन्त्री खडका

लहान, भदौ ६ गते ।  उर्जा सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खड्काले मधेश प्रदेशका किसानहरुलाई धानबालीमा विद्युतबाट सिँचाइ गर्न २४ घण्टा नै विद्युत आपूर्ति भइरहने बताउनुभएको छ । नेपाली कांग्रेसको बौद्धिक उचाइ र चिन्तकको रुपमा चिनिनु भएको स्वर्गीय प्रदिप गिरीको तेस्रो स्मृतिसभालाई बिहीबार लहान नगरपालिकाको सभा हलमा सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो । देश […]

उपसभामुखलाई हटाउने सहमति सत्ता गठबन्धनमा भएको छैन : सञ्चारमन्त्री गरुङ

माछापुच्छ्रे (कास्की), भदौ ६ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसदकी उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभएको बताउनुभएको छ । ‘‘सरकारको प्रस्तावमा संसदले सभामुख, उपसभामुख गठन गर्ने हो,’’ उहाँले भन्नुभयो, “उपसभामुख हटाउने चर्चा भयो होला, तर सत्ता गठबन्धनमा सहमति भएको छैन ।” प्रेस चैतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको […]

मौलिक हक कार्यान्वयन गर्न सरकार स्पष्ट छ : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकको कार्यान्वयन गर्न सरकार स्पष्ट भएको बताउनुभएको छ। राष्ट्रिय सूचना आयोगद्वारा मङ्गलबार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। “हामीले लामो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको हो। स्वतन्त्रता र सूचनाको हकका लागि म आफैं जेलनेल लडेर आएको हो। संविधानमा […]

भारतका विदेश सचिव मिस्री स्वदेश फिर्ता

काठमाडौँ, भदौ २ गते ।  भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भ्रमणकै […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल