कञ्चनपुर, मङ्सिर २७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस गरेको छ । चार जना आकाङ्क्षी देखिएपछि क्षेत्र नम्बर १ मा निर्वाचन गरिएको थियो […]
काठमाडौँ, मङ्सिर २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, […]
भक्तपुर, मङ्सिर २७ गते । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको मञ्च तथा सभास्थलमा शनिबार बिहानैदेखि विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, नेता र कार्यकर्ताहरूको चहलपहल बढ्दै गएको छ । महाधिवेशनका लागि निर्माण गरिएको विशाल […]
काठमाडौँ, मङ्सिर २६ गते । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। शुक्रबार नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नयाँ चार जना मन्त्रीले शपथ लिनुभएको हो । शुक्रबार राष्ट्रपति पौडेलसमक्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार […]
काठमाडौँ, मङ्सिर २६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको बताउनुभयो। उहाँले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास […]
काठमाडौँ, मङ्सिर २६ गते । प्रधानमन्त्री र जेनजी आन्दोलनका प्रतिनिधिबिच बुधबार भएको सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको जेनजी सम्झौताको निर्णय राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । मन्त्री खरेलले जेनजी सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने […]
काठमाडौँ, मङ्सिर २६ गते । विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका लागि बिहानैदेखि घरमा चहलपहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो । एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजक भने हरेक दिनझैँ आफ्नो कार्ययोजनाबारे श्रीमती सुजन मगियालाई जानकारी गराउँदै तीनकुनेमा आयोजना हुने राजतन्त्र समर्थकहरूको विरोध प्रदर्शनको श्रव्यदृश्य कैद गर्न […]
बागलुङ (गलकोट), मङ्सिर २६ गते । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ सात जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफासि भएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको […]
काठमाडौँ, मङ्सिर २५ गते। सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरकारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। गत असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको […]
काठमाडौँ, मङ्सिर २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ । आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यहरुलाई तत्ततत्त निर्वाचन क्षेत्रमा नेर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । […]