काठमाडौँ, मङ्सिर २१ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वतन्त्र, निश्पक्ष, मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल नेपालले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ। प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई आज सञ्चारमन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्दै मन्त्री खरेलले पेशागत उच्च व्यवसायिक अभ्यासकासाथ मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासमा […]
काठमाडौँ, मङ्सिर १९ गते। निर्वाचन आयोगले निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार २०८२ माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक […]
काठमाडौं, मङ्सिर १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र […]
काठमाडौँ, मङसिर १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनु भएको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिदैँ मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“संयुक्त बैठकपछि निर्वाचनमा […]
काठमाडौँ, मङ्सिर १७ गते । कार्यालयकै बैठक कक्ष वा कार्यकक्षमै गर्न सकिने छलफल पनि होटलमा गरेर बिल भुक्तानी गर्ने, विभागीय अधिकारीहरूको जिम्मेवारीमा पर्ने कामका लागि उपसमितिहरू बनाएर बैठक खर्च लिने कर्मचारी प्रशासनको खर्चालु प्रवृत्ति अहिले ठप्प छ । सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिने सरकारको नीति कार्यान्वयन क्रममा अहिले सरकारी कार्यालयहरूमा हुने कुनै पनि […]
काठमाडौँ, मङ्सिर १७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक सर्वोच्चता तथा राष्ट्रिय हित कायमका लागि जेनजी विद्रोहको जगमा संविधानसम्मत र पृथक् रूपमा आफ्नो सरकार गठन भएको जिकिर गर्नुभएको छ । सरकार गठन र प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतमा जवाफ पठाउँदै प्रधानमन्त्री कार्कीले आवश्यकताको सिद्धान्तका आधारमा भए गरेका कामकारबाहीले वैधता पाउनेसमेत बताउनुभएको छ । सरकार […]
काठमाडौँ, मङ्सिर १६ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको हो । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा भण्डारीले […]
पाटन (ललितपुर), मङ्सिर १५ गते । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । गत असोज २८ गतेदेखि जारी केन्द्रीय समितिको […]
काठमाडौँ, मङ्सिर १५ गते । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्य तथा नयाँ क्रियाशील सदस्य मङ्सिर २० गतेभित्र वितरण गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको तथा बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन आगामी […]
काठमाडौँ, मङ्सिर १५ गते । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधान अनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले आज २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुख यादवको नाममा परमादेश जारी गरेको हो । “मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो […]