निर्देशित न्यायालय अमान्य : नेपाल बार

काठमाडौँ, असोज २२ गते । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन (नेबाए) ले वैधानिक संयन्त्र बाहिरबाट न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । जेनजी आन्दोलनका अगुवाले प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलाई हटाउन माग राखेपछि बारले वक्तव्यमार्फत आपत्ति जनाएको हो । बार महासचिव केदार कोइरालाले विज्ञप्तिमार्फत निर्देशित न्यायालय […]

बाढीपीडितलाई आवास अनुदान

काठमाडौँ, असोज २२ गते ।  सरकारले असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । त्यसै गरी मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराउनुका साथै बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय पनि भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको […]

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, असोज १६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिनुभएको छ । असोज १७ गतेदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका पृष्ठभूमिमा आज यहाँ आयोजित […]

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण भएको भन्दै उहाँले टीका नलगाउने बताउनुभएको हो । उहाँले मृतक र धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम […]

छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

वासिङ्टन, असोज १५  गते । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो । दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई […]

सामूहिक नेतृत्वमा जानुपर्ने जेनजी प्रतिनिधिहरुको माग

काठमाडौँ, असोज १२ गते ।  युवापुस्ता (जेनजी) समूहका प्रतिनिधिहरुले नेतृत्वको परिभाषा परिवर्तन गरी व्यावहारिक परिवर्तनमा जोड दिनुपर्ने बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुख्य नेतृत्व को हो भनेर बारम्बार प्रश्न उठेका बेला उनीहरुले देशमा अब सामूहिक नेतृत्वमा जानुपर्ने बताएका हुन् । आइतबार ३९ जिल्लाका प्रतिनिधिसहितको १२ वटा जेनजी समूहले राजधानीमा पत्रकार सम्मेलन […]

भारतमा विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

चेन्नई, असोज १२ गते ।  दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी […]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

ललितपुर, असोज ११ गते । नेपाली कांग्रेसले असोज २६ गते आइतबार केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बैठक बोलाएको हो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौँ, असोज १० गते।  सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ। गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको […]

माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवशेन

काठमाडौँ, असोज १० गते।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। मौजुदा केन्द्रीय सदस्य […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल