alliance khabar

शनिबार, फाल्गुण २३, २०८२

फुङलिङ, फागुन २३ गते ।

 ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बूलाई फराकिलो मतान्तरले पराजित गर्दै  थेवे विजयी हुनु भएको हो ।

थेवेले १३ हजार ९८२ मत प्राप्त गर्नुभएको छ भने तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गर्नू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश विकास श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार थेवे र तुम्याहाङबीचको मतान्तर दुई हजार २५१ रहेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट चुनावी मैदानमा होमिएका १३ जना उम्मेदवारलाई पछि पार्दै थेवेले संसदीय यात्रा तय गर्नु भएको हो । थेवे र तुम्याहाङ दुवै जना पहिलो पटक चुनावी प्रतिष्पर्धामा होमिनु भएको हो ।

ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार खेलप्रसाद बुडाक्षेत्री पराग छ हजार ७७५ मत प्राप्त गर्नू भएको छ । २०७९ सालको निर्वाचनमा २०८ को झिनो मतान्तरले एमाले उपमहासचिव योगेश भट्टराईसँग पराजित हुनु भएको पराग पुन दोश्रो पटक चुनावी प्रतिस्पर्धा होमिनु भएको हो ।

देशका अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरे पनि ताप्लेजुङमा पाँचौँ स्थानमा मात्र आएको छ । रास्वपाका उम्मेद्वार विरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै श्रम संस्कृति पार्टीका उम्मेद्वार सन्तोष राईले पाँच हजार २०९ मत प्राप्त गरेर चौथो स्थानमा रहनु भएको छ ।

९० हजार ३ सय २७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ४ सय ७४ जनाले मत खसालेका थिए । कुल खसेका मतमध्ये दुई हजार ६८६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६१ ओटा वडा रहेको ताप्लेजुङमा ८० ओटा मतदान स्थलमा १ सय २७ ओटा मतदान केन्द्रबाट मतदाताले मताधिकार प्रयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल