नारायणगढ, फागुन २३ गते ।
चितवन १ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका हरि ढकाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । उहाँको जितसगैँ चितवनमा रास्वपाले क्लिनस्विप हानेको छ ।
पूर्व सासादसमेत रहनु भएका ढकालले ५८ हजार २०८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजेन्द्र वुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले १० हजार ८९९ र नेकपाका उमेदवार कृष्णराज पन्तले ४ हजार ८१ मत प्राप्त गर्नुभएको छ ।
चितवन २ मा रास्वपा सभापति रवि लामिछाने र क्षेत्र नम्बर तिनमा रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको छ ।