बाजुरामा कांग्रेसका जनकराज गिरीको अग्रता कायम

बाजुरा, फागुन २३ गते ।  बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीको अग्रता कायम रहेको छ। गिरीले चार हजार ५७४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई पछ्याइरहनुभएका नेकपा (एमाले) का लालबहादुर थापाले तीन हजार २४५ मत प्राप्त गर्नुभएको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले दुई हजार ३३ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रकाश शाहले […]

काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’

काठमाडौँ, फागुन २३  गते । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु  निर्वाचित हुनुभएको छ  । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु  विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत […]

झापामा बालेनभन्दा ओली १० हजार बढी मतले पछि

भद्रपुर (झापा), फागुन २२ गते ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। हिजो फागुन २१ गते सम्पन्न मतदानको प्रारम्भिक मतगणनाअनुसार रास्वपाले जिल्लाका परम्परागत राजनीतिक गढहरूमा ठुलो फेरबदल ल्याउने संकेत देखिएको छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका […]

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

भद्रपुर (झापा), फागुन २२ गते ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् । पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का केपी शर्मा […]

मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी हुनुभएको हो। मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ […]

भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग बनाउँछौँ : गगन थापा

पोखरा, फागुन १५ गते ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ। नेपाली कांग्रेस, कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले वि.सं. २०४६ पछि सरकारमा गएका सबै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गरिने उल्लेख गर्नुभयो। […]

सत्तामा हुँदा पनि गलत कदमको विरोध गर्ने साहस राख्छु : गगन थापा

जमुनाह (बाँके), फागुन १४ गते।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ। बिहीबार बाँकेको जानकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आगामी पाँच वर्षका लागि कांग्रेस स्पष्ट योजना र कार्यक्रमसहित मतदातामाझ आएको बताउनुभयो। सभापति थापाले आफ्नो दुई दशक लामो राजनीतिक र सामाजिक अनुभवको स्मरण गर्दै शिक्षा […]

देश सम्हाल्ने सामर्थ्य कांग्रेससँग मात्रै छ: उपसभापति शर्मा

सर्लाही, फागुन १३ गते ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ। बुधबार सर्लाहीको हरिवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेस जत्तिको परिपक्वता र समन्वय गर्न सक्ने तागत अन्य दलसँग नरहेको जिकिर गर्नुभयो। “अहिलेको चुनौतीपूर्ण समयमा देश सम्हाल्ने कर्तव्य कांग्रेसकै हो […]

आचारसहिंताबारे दलहरूसँग छलफल

जाजरकोट, फागुन १३ गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात वटा स्थानीय तहमा रहेका १४६ वटा मतदान केन्द्रमा आठ सय बढी कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन कार्यालयका अधिकृत दुर्गाप्रसाद खनालका अनुसार निर्वाचनका लागि जाजरकोटमा ८८३ जना कर्मचारी तोकिएका छन् । निर्वाचनलाई […]

सर्लाही–४ : गगन थापाको ९ बुँदे प्रतिज्ञापत्र : ‘जनता दलान’ देखि ‘दशगजा उज्यालो’ सम्म

सर्लाही, फागुन ११ गते । नेपाली कांग्रेसका सभापति  तथा  सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नु भएको छ । पार्टीको केन्द्रीय प्रतिज्ञापत्र सार्वजनिक भएको केही दिनपछि सभापति थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तीकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै क्षेत्रगत योजना सार्वजनिक गर्नु भएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ