alliance khabar

आइतबार, फाल्गुण २४, २०८२

रेसुङ्गा(गुल्मी) फागुन २४ गते।

गुल्मीमा आजबाट प्रतिनिधि सभा समानुपातिक तर्फको मतगणना हुने भएको छ । बिहान १० बजेबाट समानुपातिकतर्फ क्षेत्र नम्बर १ को मत जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर २ को मत रेसुङ्गा बहुमुखी क्याम्पसमा गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले मतगणनाका लागि उम्मेदवारका प्रतिनिधिलाई बिहान ९ः३० बजे बोलाइएको बताउनुभयो ।

प्रत्यक्षतर्फको मतगणना २४ घण्टाभित्रै सम्पन्न भइसकेको छ। अन्तिम परिणाम अनुसार गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । भने क्षेत्र नम्बर २ बाट पनि सोही पार्टीका गोविन्द पन्थी विजयी हुनुभयो।

क्षेत्र नम्बर १ मा ढकालले नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीलाई पराजित गर्नुभयो । त्यस्तै क्षेत्र नम्बर २ मा पन्थीले नेकपा एमालेका गोकर्ण बिष्ट र नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठलाई पछि पार्दै विजय हासिल गर्नुभयो ।

भर्खरै सम्पन्न निर्वाचनमा गुल्मीमा कुल ५१.३६ प्रतिशत खस्यो। जिल्लामा रहेका दुई लाख २९ हजार ५४९ मतदातामध्ये एक लाख १७ हजार ९०१ जनाले मतदान गरेका थिए। मतदान गर्नेमा महिला ६४ हजार ८९७, पुरुष ५३ हजार दुई र अन्य दुई जना रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ