काठमाडौँ, कात्तिक १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको त्रिपक्षी बैठकमा प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘म पहिलादेखि लडाकु हुँ । मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ । हामी डराउँदैनौँ । […]
काठमाडौँ, कात्तिक १२ गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गर्नुभएको थियो । यसका लागि सबै पक्षसँग सहकार्य भएको […]
काठमाडौँ, कात्तिक १२ गते। जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको छलफलमा चुनावसँगै भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनमा जोड दिएका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार जेनजी प्रतिनिधिले चुनाव चाहिएको भए पनि चुनाव चुनाव भनेर भ्रष्टाचारविरुद्धको कारबाही र […]
बागमती, कात्तिक ११ गते । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै […]
जनकपुरधाम, कात्तिक १० गते । अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको विषयमा जानकारी लिन सोमबार जनकपुरधाम आउनुभएका नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जनकपुरधामको छठ पूजामा सहभागी हुनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रसिद्ध ऐतिहासिक गंगासागर पोखरीमा भइरहेको छठ पूजाको उहाँले अवलोकन गर्दै गंगा आरतीमा समेत सहभागी हुनुभयो । दुई दिनका […]
काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान् पर्व छठको अवसरमा सोमबार जारी गर्नुभएको शुभकामना सन्देशमा उक्त आह्वान गर्नुभएको हो । शुभकामना सन्देशमा भनिएको छ, “आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका […]
तम्घास(गुल्मी), कात्तिक १० गते । नेपाल सरकार मन्त्रिपरिषदको असोज ५ गतेको निर्णय, अर्थमन्त्रालयको ७ गते र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ गतेको परिपत्रलाई गुल्मीका स्थानीय तहहरुले कार्यान्वयनमा ढिलासुस्ती गरेका छन् । पालिकामा स्वीकृत दरबन्दीवाहेकका पालिकाले सिर्जना गरेका दरबन्दीहरु कटौती गर्नका लागि परिपत्र भए पनि कार्यान्वयनमा आउन सकेको छैन । मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन […]
काठमाडौँ, कात्तिक १० गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहाहुर खड्काले छठ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रुपमा स्थापित भएको बताउनुभयो । सोमबार छठ पर्वको शुभकामना दिनुहुँदै कार्यवाहक सभापति खड्काले यो पर्वले समुदायमा सामूहिक भावना, अनुशासन, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको […]
काठमाडौँ, कात्तिक ९ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार आफ्नो पदबहाली गर्नुभएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने […]
काठमाडौँ, कात्तिक ९ गते । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा […]