प्रधानमन्त्रीसँग संसदका पदाधिकारीको भेट, सचिवालयको आकार नघटाउन आग्रह

काठमाडौं, कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटवार्तालाई तीव्र बनाउनु भएको छ । यसैक्रममा सोमबार प्रधानमन्त्री कार्कीले संघीय संसदका दुवै सदनका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्रीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको थियो भने सोमबार संघीय संसद्का पदाधिकारीसँग छलफल गर्नुभएको हो । भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष […]

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

काठमाडौँ,  कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता […]

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौँ, कात्तिक १६ गते ।  गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आइतबार भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा.डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको […]

‘सरकारको प्रमुख प्राथमिकता–सुशासन र निर्वाचनको तयारी’

सरकारको ध्यान निर्वाचनको वातावरण बनाउन केन्द्रित  सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था हुँदैछ हामी तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्नेछौँ कतिपय जेनजीहरू चर्का कुरा गर्छन् काठमाडौँ, कात्तिक १६ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा संविधानले तोकेको परिधिभित्र रहेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो। उहाँले मुलुकको स्थायित्व, सुशासन र आगामी निर्वाचनका […]

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलको एकता सहमति : चुनाव चिह्न ‘तारा’

काठमाडौँ, कात्तिक १६ गते ।  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् ।  नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६ महिनाभित्र एकता महाधिवेशन र त्यसअघि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टीको नाम भने उल्लेख गरिएको […]

५० वर्षे गुरुयोजना बमोजिम काठमाडौँमा शहरीकरण अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौँ, कात्तिक १५ गते । सरकारले काठमाडौँको उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ । बागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो […]

प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्री थापा र शर्मासँग छलफल

काठमाडौँ, कात्तिक १५ गते। प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो। करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने […]

अनलाइन सञ्चार दर्ता शुल्कविरुद्ध प्रेस युनियनको आपत्ति

काठमाडौँ, कात्तिक १४ गते । नेपाल प्रेस युनियनले , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै संशोधन गरेको ‘छापाखाना र प्रकाशन सम्बन्धी( दोस्रो संशोधन) नियमावली, २०८२’ मार्फत अनलाइन सञ्चार माध्यम दर्ता र नवीकरणमा तोकिएको शुल्कप्रति गम्भीर आपत्ति जनाएको छ। मन्त्रालयले अनलाइन सञ्चार माध्यम दर्ता गर्नका लागि पाँच हजार रुपैयाँ र नवीकरणका लागि दुई हजार पाँच सय […]

जेनजी आन्दोलन: मृतकका परिवारमा पुग्यो आर्थिक सहयोग

काठमाडौँ, कात्तिक १४ गते । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ४९ जना मृतकका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीतर्फ ५३ जना नेपाली नागरिक, एक जना भारतीय नागरिक, १० जना कैदीबन्दीको मृत्यु भएको थियो । मृतकमध्ये […]

जापानको बाल कोषको चार करोड ५९ लाखको शैक्षिक सहयोग सम्झौता

पश्चिम नवलपरासी, कात्तिक १४ गते । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यका साथ चार करोड ५९ लाख ५४ हजार ९२७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने भएको छ । गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्ने लक्ष्यका साथ उक्त सहयोगका लागि बिहीबार बाल कोष जापान र सरावल […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल