alliance khabar

शुक्रबार, चैत्र १३, २०८२

महोत्तरी, चैत १३ गते ।

महोत्तरी जिल्लाका एकडारा गाउँपालिकाका युवाहरु जलेश्वर सम्सी सडकखण्डको एकडारामा शुक्रबार दिउँसोदेखि लड्डु वितरण गरिरहेका छन् ।

सबैलाई ‘बधाई छ’ भन्दै उहाँहरुले लड्डु वितरण गर्नुभएको हो । गाउँमा रामनवमीको अवसरमा नभई नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका बालेन्द्र शाह (बालेन) को खुशीयालीमा पुर्ख्यौली गाउँ एकडारामा लड्डु वितरण गरिएको हाे ।

पुर्ख्यौली गाउँका युवा बालेन प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि गाउँमा खुशीयालीको माहोल छाएको छ । एकडारामा युवाहरुले साइकल, मोटरसाइकल, बस, इरिक्सा, टेम्पुका यात्रुहरुलाई बधाई दिँदै लड्डु वितरण गर्दै खुशी बाँडेका हुन् ।

यस्तै, स्थानीयहरुले एक आपसमा अबिर साटासाट गर्दै लड्डु वितरण गरेर खुशीयाली मनाएका छन् भने साँझ दिपावली गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

स्थानीय युवा सुरेश भण्डारीले मधेशका युवा तथा पुर्ख्यौली गाउँका युवा बालेन प्रधानमन्त्री बनेको खुशीयालीमा अबिर साटासाट गर्नुका साथै दुई क्विन्टलको लड्डु बनाएर गाउँमा वितरण गर्नुका साथसाथै जलेश्वर–सम्सी सडकखण्डबाट जाने यात्रुहरुलाई लड्डु वितरण गरि खुशीयाली साटिएको बताउनुभयो । “हाम्रोतिर शुभकार्यमा अविरको चन्दन साटासाट तथा मिठाई खुवाउने प्रचलन रहे बमोजिम अबिर र लड्डु वितरण गरिएको हाे,” उहाँले भन्नुभयो । गाउँका युवाहरु मिलेर हिजो राति नै लड्डु तयार गरेर प्रधानमन्त्रीको शपथग्रहणपश्चात वितरण गरिएको बताउनुभयो ।

एकडारा गाउँपालिका वडा १ का नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहका छिमेकी ५५ वर्षीया जगत साहले मधेशको युवा तथा गाउँका युवा देशकै प्रथम मधेश प्रधानमन्त्री बनेकोमा खुशीयाली मनाइएको बताउनुभयो । उहाँले आफैँले पनि लड्डु किनेर छिमेकका बालबालिकाहरुलाई वितरण गरिएको बताउनुहुँदै उहाँको प्रधानमन्त्री कालमा देशमा परिवर्तन हुने आशा व्यक्त गर्नुभयाे ।

एकडारा गाउँपालिकाका वृद्ध अजय पासमानले गाउँकै युवा प्रधानमन्त्री बनेकोमा आफूहरुको अपेक्षा अब पुरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू धेरै नपढेपनि यसक्षेत्रको समस्याबारे जानकार रहेको बताउनुहुँदै अबको केही दिनपछि समस्याहरु समाधान हुनेमा विश्वस्त रहेको दावी गर्नुभयो ।

यस क्षेत्रमा शिक्षाको अवस्था नाजुक छ, स्वास्थ्य चौकीमा चिकित्सक र औषधी छैन, गर्मी महिनामा खानेपानीको अभाव हुन्छ भने सिचाईको उचित व्यवस्थापन छैन लगायतका दर्जनौ समस्याहरु रहेको बताउनुहुँदै उहाँले यी समस्याहरु समाधान हुनेमा आफू विश्वस्त रहेको दावी गर्नुभयो ।

एकडारा गाउँपालिका वडा १ का व्यवसायी पवन पाठकले देशले पहिलोपल्ट मधेशी प्रधानमन्त्री पाएकोमा खुशी व्यक्त गर्नुहुँदै आफूहरु स्थानीयबासीको हैसियतमा आज दिपावली समेत मनाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल