माले, साउन ११ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार माल्दिभ्सको भ्रमण समाप्त गर्दै पूर्वाधार परियोजनाहरू र नगद अभावमा रहेको यस हिन्द महासागरीय राष्ट्रलाई महत्त्वपूर्ण आर्थिक सहायता प्रदान गरेर सम्बन्ध नवीकरण गर्नुभएको छ । क्षेत्रीय शक्ति भारतले आफ्नो सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण छिमेकी राष्ट्र माल्दिभ्स सन् २०२३ मा भारत विरोधी मञ्चमा राष्ट्रपति मोहम्मद मुइज्जुको […]
अछाम, साउन ११ गते । पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला छन् । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने […]
काठमाडौँ, श्रावण १० गते । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका पूर्व अध्यक्ष खगेन्द्र खत्री सम्मानित हुनुभएको छ। ट्रेड युनियन काँग्रेस, बागमती प्रदेश समितिद्वारा शनिबार आयोजित “Trade Union Senior Leaders and Bagmati Province Past Two Years Experience with Upcoming Plan” शीर्षक कार्यक्रमको अवसरमा पूर्व अध्यक्ष खगेन्द्र खत्रीलाई दोसल्ला ओडाएर सम्मान गरेको हाे। कार्यक्रममा पूर्व अध्यक्ष […]
म्याग्दी, साउन १० गते । म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित दाजुङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड १० लाख ८३ […]
बागमती, साउन १० गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गर्नुभएको हो । मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्नुहुँदै […]
चितवन, साउन १० गते । भरतपुर महानगरपालिकाको भित्री बस्ती भएर बग्ने दुई वटा घोल संरक्षण गरी नयाँ पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । भरतपुरको गणेशस्थान हुँदै नारायणगढ बजारबाट नारायणी नदीमा मिसिने पुङ्गीखोला र बाइपास पूर्वबाट मध्य बस्ती हुँदै बगेर जगतपुरमा पुग्ने केरुङ्गा घोलको संरक्षण गरी सौन्दर्यीकरण गरिएको हो । यहाँको फाँटमा सहर विकास भएपछि […]
मकवानपुर, साउन १० गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्रीबाट हटाउन भन्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका सचिव कृष्णबहादुर तामाङसमक्ष प्रदेश सभा सचिवालयमा अविश्वास […]
अछाम, साउन १० गते । अछामको कमलबजारमा हावाबाट निकालिएको विजुली उत्पादन बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाईनको माध्यमले ब्याट्री चार्ज भई विजुली निकालिँदै आएकोमा टर्वाईन लगायत अन्य पार्टमा समस्या देखिएपछि विजुली उत्पादन बन्द भएको हो । कमलबजारमा हावाबाट विजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाईनमा देखिएको समस्याले विगत केही वर्षदेखि हावाबाट […]
काठमाडौँ , साउन ९ गते। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ। काठमाडौँमा शुक्रबार ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित कार्यक्रममा देउवाले संविधान सबैका लागि स्वीकार्य भए पनि केही कुरा संशोधन गर्न आवश्यक देखिएको बताउनुभयो। संविधान संशोधनको आवाज उठ्नु स्वभाविक कुरा हो, उहाँले भन्नुभयो ‘आवश्यकता अनुसार संशोधन हुन्छ […]
हुम्ला, साउन ९ गते । सिमकोट खार्पु खण्डको थलाहाल्नको भीरमा सडक खन्ने क्रममा एक्स्काभेटर परिएको छ । सडक खनी रहेको बेला माथिबाट आएको माटोले छोपेर सडकसँगै एक्स्काभेटर खसेको हो । सडक खन्ने क्रममा दिउसो शुक्रवार एक्स्काभेटर माटोमा पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । एक्स्काभेटर पुरिएको भए पनि चालकलाई सकुशल […]