गुणस्तरहीन पानी बोकेको एक सय ५९ जार नष्ट

काठमाडौँ, साउन ९ गते । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ । कामपाले यही असारमा गरेको अनुगमनका क्रममा एक सय ५९ पीउने पानी बोकेको जार नष्ट गरेको हो । अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरवासीलाई पिउने पानीको आवश्यकता पूरा […]

समाज कल्याण ऐन ल्याउँदै मधेश सरकार

जनकपुरधाम, साउन ९ गते। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले विभिन्न क्षेत्रलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले एकीकृत कानुनको रुपमा समाज कल्याण ऐन ल्याउन लागेको बताउनुभएको छ। मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले लाइफ नेपालको सहयोगमा प्रदेश तहमा सामाजिक सुरक्षा नीतिको आवश्यकता सम्बन्धी जनकपुरधाममा गरेको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले […]

बागमतीमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

मकवानपुर, साउन ९ गते । बागमती प्रदेश सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा दिनुभएको हो । ठकुरी, श्रेष्ठ र महर्जनले आफूहरुले मन्त्री पदबाट राजीनामा दिएको पुष्टि […]

खेलकुद क्षेत्रलाई डोपिङविहीन बनाउन सहकार्य

काठमाडौं, साउन ८ गते ।  खेलकुदको क्षेत्रलाई डोपिङविहीन बनाउन नेपाल र भारतबीच ऐतिहासिक सहकार्यको थालनी भएको छ। नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) को केन्द्रीय कार्यालयमा सम्पन्न उच्चस्तरीय संवादमा नाडा नेपालका प्रमुख डा. असीम भण्डारी र नाडा भारतका महानिर्देशक आनन्द कुमारबीच क्षेत्रीय एजेन्सीहरूको भूमिकालगायत साझा चुनौती, अनुभव र भविष्यका सहकार्यबारे गहन छलफल भयो। […]

‘वन संरक्षणको नाममा आदिबासीको उठिबास भयो’

काठमाडौं, साउन ८ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सबै जाती समुदायको हितलाई ध्यान दिएर नेपालले नेशनली डिटरमिन्ड कन्ट्रिव्यूसन (एनडिसी) दस्तावेज तयार गरी संयुक्त राष्ट्र संघलाई बुझाइएको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा बिहीबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री ठकुरीले भन्नुभयो, “एनडिसीबारे हरेक कोणबाट […]

बाढीपहिरोले क्षति गरेको सडक मर्मत

ताप्लेजुङ, साउन ८ गते।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित बाढी पहिरोले क्षतिग्रस्त बनाएको सडकहरु मर्मत गर्न सुरु गरिएको छ। गएको मङ्गलबार राति भीषण वर्षासँगै आएको बाढी पहिरोले क्षतिग्रस्त बनाएको तमोर कोरिडोर सहितका सडक मर्मत गर्न सुरु गरिएको हो। जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक सहितका क्षेत्र जोड्ने तमोर कोरिडोर र अन्य ग्रामीण सडकहरु मर्मत […]

तीन महिनाका लागि मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ, साउन  ८ गते।  सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोछ। सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै भन्नुभयो, “मधेशमा मौसमी संकटका […]

एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

धादिङ, साउन ८ गते।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ। संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उहाँको भनाइ छ। नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित […]

युवा संघले बनायो फलामे खोलामा अस्थायी पुल

फिदिम, साउन ८ गते । नेकपा (एमाले) को जनबर्गीय संगठन राष्ट्रिय युवा संघका पदाधिकारी र सदस्यहरुले पाँचथरको याङवरक गाउँपालिका –२ र ३ लाई सिमाना छुट्याउने फलामे खोलामा काठ र बाँसको अस्थायी पुल निर्माण गरेका छन् । मध्यपहाडी राजमार्गमा पर्ने फलाम खोलामा निर्मित पक्की पुल २०८१ साल असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि पुलविहीन […]

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

काठमाडौँ, साउन ८ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा  फिर्ता पठाउनु भएको छ । पाँच आधारसहित  विधेयक फिर्ता गरिएको छ । सो संशोधन संविधानको  मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास  प्रतिकूल भएकाले संविधानको धारा ११३ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल