alliance khabar

बुधबार, चैत्र ११, २०८२

बाजुरा, चैत ११ गते ।

 बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ । सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो ।

बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले गत मंसिर ४ गते दानसाँघु खोलामा एक कार्यक्रमका बिच बेलिब्रिज पुलको शिलान्यास गर्नुभएको थियो ।

साँफे–मार्तडी सडकखण्डअन्तर्गत जडाङ्गास्थित प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई हाल दानसाँघु खोलामा स्थानान्तरण गर्न थालिएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख जनकबहादुर बोहराले जिल्लाको पूर्वोत्तर क्षेत्रका चारवटा स्थानीय तहका बासिन्दाको आवागमन सहज बनाउन उक्त पुल स्थानान्तरण गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो पुल यसअघि पनि दानसाँघुमा सार्ने पहल भएको थियो । केही समय विवाद भयो । पछि सहमति भए पनि आर्थिक अभावका कारण लामो समयसम्म जडाङ्गा खोलामै रोकिएको थियो ।”

बुढीनन्दा नगरपालिकाको पहल तथा सडक डिभिजन कार्यालय साँफेबगरको आर्थिक सहयोगमा पुल स्थानान्तरण कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

पछिल्ला पाँच वर्षदेखि उक्त पुल जडाङ्गा खोलामा अलपत्र अवस्थामा थियो । सुरुमा त्यहाँ पक्की पुल नहुँदा बेलिब्रिज उपयोगी भए पनि पछि नजिकै पक्की पुल निर्माण भएपछि यो प्रयोगविहीन बनेको थियो ।

सडक डिभिजन कार्यालय अछामका अनुसार करिब २ करोड २२ लाख रुपियाँको लागतमा जडाङ्गाबाट दानसाँघु खोलामा बेलिब्रिज स्थानान्तरणको काम भइरहेको छ ।

साँफे–मार्तडी सडकखण्ड अछामको साँफेबगरदेखि मार्तडीसम्म करिब ५७ किलोमिटर लामो छ भने मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर दूरी छ । त्यस्तै, कोल्टीदेखि धुलाचौरसम्म करिब १६ किलोमिटर सडक रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ