राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

स्याङ्जा, माघ २८ गते । पुतलिबजार नगरपालिका वडा नं –१ मा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आगामी चैत १ देखि ३ गतेसम्म प्रतियोगितामा चल्नेछ । जिल्ला खेलकुद विकास समितिको आयोजना गरिएको प्रतियोगितामा यहाँका ११ पालिकाका खेलाडी सहभागी हुने छन् । पालिका स्तरीय प्रतियोगतामा छनोट भएका खेलाडी यो प्रतियोगितामा […]

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्नुहुने

काठमाडौँ,  माघ २८ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नुहुने छ […]

कांग्रेस सभापति थापा आज बर्दिवास आउनुहुँदै

गौशाला (महोत्तरी), माघ २७ गते । महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउँदै हुनुहुन्छ । सभापति थापा महोत्तरी क्षेत्र नं १ को स्थानीय प्रचार प्रसार कार्यालय बर्दिवासमा आयोजित कार्यक्रममा उपस्थित भएर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगर प्रमुख […]

१७औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन

काठमाडौँ,  माघ २७ गते ।    १७औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन भएको छ । शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको आज समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबि क्षेत्रीले, ” नाटक विधालाई महत्त्वपूर्ण रूपमा लिनु आवश्यक रहेको बताए ।” उनले,”नाटकको इतिहास ऐतिहासिक रहेको र […]

उखु किसानको खातामा ९३ करोड भुक्तानी

बर्दीबास, माघ २७ गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि उखु किसानलाई भुक्तानी दिन सुरु गरेको छ। मिलले उखु खरिद गरेको सात दिनभित्रै भुक्तानी दिने नीतिअनुसार किसानको खातामा प्रतिक्विन्टल ६२० रुपियाँका दरले रकम जम्मा गर्न थालेको हो। गत वर्ष (२०८१/८२) को तुलनामा नयाँ दर प्रतिक्विन्टल २५ रुपियाँले बढी हो। […]

नारायणी नदिमा हाम फालेकी महिलाको सकुशल उद्धार

चितवक, माघ २७ गते ।  चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदिमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षीया सविना परियार नारायणी पुलबाट सो नदिनमा हाम फाल्नुभएको थियो । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमाण्डमा […]

हुम्लामा माघमै फुल्यो लालीगुराँस

हुम्ला, माघ २७ गते ।  सामान्यतया चैत–वैशाख महिनामा फुल्ने लालीगुराँस यस वर्ष भने माघमै फुलेको छ। मौसममा आएको परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि लालीगुराँस माघ महिनामै फुलेको हो। ताँजाकोट गाउँपालिका–३ मासपुरका आइते बुढाले यतिबेला वनमा लालीगुराँस फुलेर जंगल राताम्मे देखिने गरेको बताउनुभयो। अन्य वर्ष चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने माघमै फुलेको उहाँको भनाइ छ। मासपुर […]

हंसपुर नगरपालिकाका नगरप्रमुखको निधन

ढल्केबर, माघ २७ गते ।  धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्क घातका कारण उहाँको निधन भएको बताइएको छ । गत बिहीबार राति उहाँलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि यादवलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो । काठमाडौँस्थित नर्भिक […]

हिउँ कुल्चिएर मुस्ताङमा नेपाली सेनाको गस्ती

मुक्तिनाथ (मुस्ताङ), माघ २७ गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको उच्च हिमाली क्षेत्रमा नियमित सुरक्षा गस्ती गरिरहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अनुरूप निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा रहेको बेसबाट नियमित गस्ती गरिरहेको छ । नेपाली सेनाको इन्द्र बक्स गण […]

ताप्लेजुङमा भूकम्प गयो

काठमाडौँ, माघ २७  गते । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल