खजुरा (बाँके), असोज १९ गते । विद्युत्को सुरक्षित प्रयोगसम्बन्धी चेतना विद्यार्थीमार्फत घरपरिवार र समुदायसम्म पुर्याउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण, कोहलपुर वितरण केन्द्रले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले विद्युत्सँग सम्बन्धित जोखिमबारे विद्यालय तहदेखि नै विद्यार्थीलाई सचेत गराउन सके त्यसको प्रभाव घरपरिवार हुँदै समुदायसम्म पुग्ने भएकाले कार्यक्रम […]
फिदिम, असोज १९ गते । पाँचथर जिल्लाका बालबालिकालाई पहिलो पटक स्वर्णबिन्दु प्राशन गराउन थालिएको छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार सुनको भस्मलाई घिउ र महमा घोलेर तयार पारिएको घोललाई स्वर्णबिन्दु भनिन्छ। यसको प्राशन गराउँदा बालबालिकाको सामाजिक, मानसिक, शारीरिक तथा बौद्धिक विकासमा प्रभावकारी हुने चिकित्सकहरू बताउँछन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पाँचथरले सोमबार बिहानैदेखि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई […]
काठमाडौँ, असोज १८ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ । महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल […]
काठमाडौँ, असोज १८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गर्नुभयो। त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू […]
काठमाडौं, असोज १८ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटनसत्रमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले ढल्छ, दसैंमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो […]
काठमाडौं, असोज १८ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु भएको छ । संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उहाँले बताउनु भएको हो । लोकतन्त्रमा जनताको आवाज बन्द गर्न नमिल्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन […]
काठमाडौँ, असोज १८ गते । साँझको शान्त वातावरण, कवितामय माहोल र शब्दका सुन्दर लयहरू । कतै प्रेमका अनुभूति, कतै जीवनका भोगाइ, कतै समाजका विसङ्गति त कतै समयसँगै बगिरहेका स्मृतिहरू । यस्तै भाव र अनुभूतिकाबिच शनिबार इटहरीस्थित कोसी कलेजको सभाहलमा १५ जना कविले आफ्ना कविता सुनाउनुभयो । ‘काव्य डबली’को चौथो श्रृङ्खलामा कविहरूले आ–आफ्ना सिर्जनामार्फत जीवनका विविध […]
काठमाडौँ, असोज १८ गते । नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो […]
काठमाडौँ, असोज १८ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आइतबारदेखि सुरु हुँदै छ । दिउँसो २:०० बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट गरी सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । शनिबार खुलामञ्चमा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय प्रवक्ता देवराज चालिसेले महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभयो । उहाँले […]
काठमार्डौँ, असोज १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरिरहेको कामको गतिलाई थप तीव्र बनाउन निर्देशन दिनुभएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकमा सरकारले छ महिनाको अवधिमा गरेका काम सन्तोषजनक रहेको विश्लेषण गर्दै थप तीव्र बनाउन निर्देशन दिनुभएको बैठकपछि प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । सरकारका काममा पार्टीको पूर्ण सहयोग रहेको […]