मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । वृष (इ, उ, ए, ओ, वा, […]
काठमाडौँ, साउन । दानको रकमअनुसार दाताहरूलाई विभिन्न प्रकारका सम्मान प्रदान गरिनेछ। रु १ देखि ५०० सम्मको दान दानपेटीमा राखिनेछ भने रु ५५५ देखि रु १००० सम्मको दान गर्ने दाताहरूलाई रुद्राक्ष माला प्रदान गर्दै सम्मान गरिनेछ। क्रमशः रु ११०० देखि माथि दान गर्ने दाताहरूलाई सम्मानपत्र, रामनामी, फ्रेम, र अन्य विशेष सम्मान प्रदान गरिनेछ। विशेषतः, रु १ […]
प्रत्येक वर्षको जून महिनालाई ‘स्कोलियोसिस’ जनचेतना महिनाका रूपमा मनाउने गरिएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई ‘स्कोलियोसिस’ भनिन्छ । मानिसको शरीरलाई मेरुदण्डले अड्याउँछ । शरीरको पछाडि गर्धनदेखि कम्मरमुनिसम्म पुगेको ठाडो हाड नै मेरुदण्ड हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ । यस्तो समस्या धेरै जसो साना बालबालिकामा देखिन्छ । यो जन्मिँदादेखि नै भएको हुन सक्छ । धेरै […]
गुल्मी, साउन २८ गते : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँमा जङ्गली च्याउ खादा आठ जना बिरामी परेका छन् । खानीगाउँस्थित रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खादा आठ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक केसीका अनुसार यहाँका […]
खोटाङ, साउन २८ गते । गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका छन् । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ । खोटेहाङ गाउँपालिका–८, सिमपानीको डिहीगाउँ अदुवाबारीकी रमिला विश्वकर्माले स्वास्थ्य चौकीमा […]
रुकुमपश्चिम, साउन २८ गते : अविरल बर्षाका कारण ठुलिभेरी नदीको बहाव अत्याधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका वासिन्दालाई बिशेष अनुरोध गरिएको छ । नदीको बहाव करिब ६ फिट बढेको छ । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले नदीको आसपासमा रहेका बस्ती र बासिन्दालाई सतर्क रहन सार्वजनिक रुपमा अनुरोध […]
म्याग्दी, साउन २८ गते : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी […]
मेष– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष– […]
पर्वत, साउन२७ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उहाँ बताउनुहुन्छ । “च्याउखेतीबाट […]
म्याग्दी (दरबाङ), साउन २७ गते । शनिबार बिहानै कालीगण्डकीको छाल धिरच्याङस्थित कुखुरा फर्ममा पस्दा बाह्र लाख रुपियाँभन्दा बढीको क्षति हुन पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, धिरच्याङमा सोही गाउँपालिका–२, कटुङ्जेको भिरबाट पहिरो कालीगण्डकीमा खस्दा नदीमा आएको छालले धिरच्याङस्थित दाजुभाइ पोल्ट्री, कृषि तथा पशुपन्छी फर्ममा पस्दा क्षति पुर्याएको हो । नदीपारिको भिरबाट खसेको पहिरोका कारण आएको छालले खोरभित्र […]