Alliancekhabar

सोमबार, कार्तिक ०५, २०८१

तम्घास, कात्तिक ५ गते :

जेठ महिनाबाट कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा पुनः सुरु भएको छ । वर्खायामको समयमा पानीको बहाव बढेका कारण स्याङ्जाको आधीमुहान मिर्मीदेखि सेतीवेणीसम्म स्टिमर सेवा बन्द रहेको थियो । कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो साताबाट सुचारु भएको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।

गुल्मी खण्डको कालीगण्डकी कोरिडोर र पर्वत खण्डको कालीगण्डकी लोकमार्ग खुलेपछि अहिले मेला पर्व, आन्तरिक पर्यटक र शिला शालिग्राम दर्शन गर्नेमा मात्र सीमित रहेको उहाँको भनाइ छ । कहिलेकाहीँ अवलोकन गर्न आउनेले स्टिमर रिजर्भ गरेर सेतीवेणी शिला शालिग्रामको दर्शन गर्न आउनेजाने गर्ने गरे पनि नियमित रूपमा यात्रुको अभावका कारण चल्न नसकेको भट्टराईको भनाइ छ ।

पहिले यात्रुको चाप बढी भएर खचाखच भरिने स्टिमर अहिले कहिले यात्रु आउलान् भनेर टुलु टुलु हेर्नुपर्ने अवस्था आएको भट्टराईले बताउनुभयो । विगतमा सेतीवेणी बजारका व्यापारी, बागलुङ, गुल्मी र पर्वतका व्यापारीले स्टिमरबाट सामान पनि ढुवानी गर्दा सस्तो पनि हुने र स्टिमरको व्यापार पनि राम्रो भएको स्टिमरधनीले स्मरण गर्दै आएका छन् ।

गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै मोटरबाटोको पहुँच भएका कारण पनि स्टिमर सञ्चालनमा अहिले प्रभाव परेको उहाँले बताउनुभयो । कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीवेणीसम्म छ किलोमिटर जलयात्राको समय ३० देखि ४५ मिनेटसम्मको रहने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल