Alliancekhabar

सोमबार, कार्तिक ०५, २०८१

बुटवल, कात्तिक ५ गते : आउँदै गरेको तिहारका लागि रुपन्देहीका महिलाले खेती गरेको फूल तयार भएको छ । तिलोत्तमा नगरपालिका–१, नयाँ मिलमा महिलाले लगाएको फूल तिहार नजिकिँदै गर्दा टिपेर माला उन्न तयार भएको हो ।

तिलोत्तमा देउराली पुष्प समूह गठन गरेर दुई वर्षदेखि महिलाले व्यावसायिक फूल खेती गर्न थालेका हुन् । समूहकी अध्यक्ष सीता पाठकले भन्नुभयो, “गत वर्ष साढे तीन कट्ठा जग्गामा भएको फूल खेतीबाट साढे पाँच लाख आम्दानी भएको छ ।” महिलाले १० कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् ।

अहिले उनीहरूका बारीमा सयपत्री फूल ढकमक्क फुलिरहेको छ । समूहका महिलालाई अहिले रुपन्देहीका विभिन्न सभा समारोहमा फूलको माला पु¥याउन भ्याइ नभ्याइ छ । महिलाले तिहारका लागि प्रतिमाला १४० रुपियाँ मूल्य निर्धारण गरेका छन् ।

समूहकी सदस्य चम्पा पाण्डेयले भन्नुभयो, “सयपत्री फूल दसैँतिहारमा मात्रै नभई पूजाआजा, कार्यक्रम, विवाह व्रतबन्ध जस्ता विभिन्न कार्यक्रमका लागि सधैँ आवश्यक पर्छ तर हामीकहाँ व्यावसायिक फूल खेती गर्ने निकै कम छन् । चाहिएका बेला भारतबाट माला ल्याउनुपर्ने बाध्यता छ, हामीले चाहिँ अब सबै मौसममा फूल उत्पादन गरी बजारको आवश्यकता पूर्ति गर्ने प्रयास गरिरहेका छौँ ।”

उहाँका अनुसार रोपेको समयदेखि १२० दिनमा सयपत्री तयार हुन्छ । उहाँले भन्नुभयो, “कोरोनाले निम्त्याएको लकडाउनले भने फूल खेतीलाई केही नोक्सान पु¥यायो, त्यसबेला पनि बेमौसमी फूल उत्पादन भएको थियो तर बजार नै नभएपछि समस्या भयो ।” दसैँतिहारमा मात्र नभएर बेमौसमी फूल खेती गर्दा विवाह, पूजा, ठुलठुला कार्यक्रम आदिमा स्थानीय फूल खपत हुन सक्ने उहाँले बताउनुभयो । पाण्डेयले भन्नुभयो, “सम्भावना एकदमै राम्रो छ, आत्तिनुपर्ने अवस्था छैन ।”

गुणस्तरीय फूल उत्पादन भएमा बजारको समस्या नरहेको पनि उहाँले बताउनुभयो । सम्बन्धित निकायबाट माटो परीक्षण, अनुगमनलगायतमा ध्यान दिने हो भने प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ छ । फूलको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान, कृषि उपकरण सहयोग गर्न थालेपछि महिला उत्साहित बनेका छन् तर उनीहरूले आर्थिक अनुदान भने प्राप्त गरेका छैनन् ।

व्यावसायिक फूल खेतीका लागि तिलोत्तमा नगरपालिकाले दुई वटा पानी ट्याङ्की, छ वटा गार्डेन पाइप, स्प्रे मेसिन, बिरुवा रोप्ने मेसिन र हाते ट्याक्टर उपलब्ध गराएको तिलोत्तमा–१ का वडाध्यक्ष फर्सुराम पन्तले बताउनुभयो । तिलोत्तमा नगरपालिकाले नगरलाई फूलमा आत्मनिर्भर बनाउने नीति बनाइरहँदा यसका लागि कोल्ड स्टोर निर्माण जरुरी रहेको पनि उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल