Alliancekhabar

सोमबार, कार्तिक ०५, २०८१

उर्लाबारी, कात्तिक ५ गते :

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारु चौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनकुमार प्रधान र कानेपोखरी गाउँपालिकाका नगर प्रहरीका इन्चार्ज युवराज भुजेलको संयुक्त टोली माछा बोकेर ल्याएका दुई वटा मोटरसाइकल सहित माछा नियन्त्रणमा लिएको हो ।नगर प्रहरी इन्चार्ज भुजेलका अनुसार मोटरसाइकलमा माछा बोकेर ल्याउने दुवै जना मोटरसाइकल छोडेर भागेका छन् ।

नेपालमा मुङ्ग्री माछा खान प्रतिबन्ध लगाइएको छ ।प्रतिबन्धित माछा अवैध रूपमा बोकेर ल्याएका विआर ३८ ए ९९३४ नम्बरको भारतीय मोटरसाइकल र मे २ प ४९४२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वटा मोटरसाइकलमा ५० केजीका चार वटा भाडाका ल्याइएका माछा प्रहरी र नगर प्रहरीले कानेपोखरी गाउँपालिका पछाडि पुरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल