भारदह(सप्तरी), पुस १४ गते । सप्तरीको बोदेबरसाइन नगरपालिका १० खडकपुरका एक विपन्न दलित विद्यार्थी २२ वर्षीय ओमप्रकाश तत्मा दासले दलित कोटा एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको छ । स्थानीय राम किसुन तत्मा दासको छोरा ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो । बिहान बेलुका बाइरिङ्ग गर्ने र बचेको समय विद्यार्थीलाई ट्युसन पढाएर […]
फुङलिङ, पुस १४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो । वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार वडामा रहेका आठ वटा सामुदायिक विद्यालयका २४० जना विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला प्रदान गरिएको छ […]
ताप्लेजुङ, पुस १४ गते । ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार आउँदो निर्वाचनमा उक्त मतदाता सङ्ख्या कायम भएको हो । आगामी प्रतिनिधिसभा सदस्यका लागि […]
कल्याणपुर (सप्तरी), पुस १४ गते । केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुन थालेका छन् । शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द हुन थालेका हुन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले सूचना जारी गरेर पुस १४े देखि १८ गतेसम्म […]
काठमाडौँ, पुस १३ गते। नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। एमालेको ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकमा सो निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँले आजको बैठकमा विभिन्न जिल्ला, प्रदेशबाट सिफारिस भएको समानुपातिक नामावली सुझावसहित पारित […]
काठमाडौँ, पुस १३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा […]
जानकी (बाँके), पुस १३ गते । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्नुहुन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ । पुसको चिसो बिहान, कुहिरो र सिरेटोबीच रामपति दैनिक जीवनको जिम्मेवारी बोकेर बगरमा आइपुग्नुहुन्छ । […]
सप्तरी, पुस १३ गते । सप्तरीको राजविराज नगरपालिकामा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पु¥याउने उद्देश्यले नेपाली सेना श्री बरख गणले दाउरा वितरण गरेको छ । श्री बरख गणबाट सेनानी भरत गिरीको कमाण्डमा १/१६ नफ्रि टोली खटिएर राजविराज नगरपालिका वडा नम्बर २, ५ र ७ का विभिन्न स्थानमा दाउरा वितरण गरिएको हो । राजविराजस्थित […]
म्याग्दी, पुस १३ गते । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुन: अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी […]
गलकोट (बागलुङ), पुस १३ गते । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामास्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन् […]