सामाजिक सुरक्षा कोषमा जोडिँदै धुर्कोट

रेसुङ्गा (गुल्मी), चैत १८ गते। सामाजिक सुरक्षा कोष र धुर्कोट गाउँपालिकाबीच कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। धुर्कोट गाउँपालिकाले प्रारम्भिक चरणमा करारका कर्मचारी, नगर प्रहरी, विद्यालय कर्मचारी तथा बालविकास सहयोगीलाई कोषमा आबद्ध गर्ने […]

विभिन्न प्रदेशका उच्च भूभागमा वर्षा–हिमपात

काठमाडौँ, चैत १८ गते ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, […]

एसइई परीक्षा मर्यादित बनाउन विकास मञ्चको ध्यानाकर्षण

लहान, चैत १८ गते।  चैत १९ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षालाई जिल्लामा मर्यादित बनाउन सिरहा विकास मञ्च, सिरहाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ। मञ्चले मङ्गलबार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापनपत्र बुझाउँदै परीक्षा निष्पक्ष र मर्यादित बनाउन माग गरेको हो। सातवटै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर रहेको मधेश प्रदेशको शैक्षिक अवस्था कमजोर बन्दै गएकोप्रति […]

प्रधानाध्यापकमा दलित महिला

बैतडी, चैत १८ गते । जिल्लामा पछिल्लो समय दलित महिला नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुषको सहभागिता बढ्न थालेका बेला दलित महिला पनि नेतृत्वमा पुग्न थालेका छन् । पछिल्लो पटक मेलौली नगरपाकिला–६ की स्थानीय इन्द्रा विश्वकर्मा (पोखरेल) सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा पुग्नुभएको छ । उहाँलाई […]

झोलुङ्गे पुलले छोट्यायो दुरी

बाजुरा, चैत १८ गते । बाजुराको गौमूल गाउँपालिका–३, अजयखोलाको झोलुङ्गे पुलले यहाँका दुई बस्तीको दुरीलाई छोट्याएको छ । माझपाली र धौलकाँडा बस्तीको बिच खोलामा बनेको पुलले दुरी कम गरेसँगै स्थानीयलाई आउजाउमा सहज पनि बनाएको छ । पुल नहुँदा बस्तीका स्थानीयलाई एक बस्तीबाट अर्कोमा जान झन्डै एक घण्टाको पैदल दुरी लाग्थ्यो । त्यति मात्र होइन अर्को बस्तीमा रहेको विद्यालयमा […]

मुगुमा ४.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ, चैत १८ गते ।  मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ः२२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा

काठमाडौँ, चैत १७ गते ।  काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रापछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ । हिजो (सोमबार) बेलुका रथयात्राको क्रममा लगन पुर्‍याइएका आर्यावलोकितेश्वरको मूर्तिलाई रथबाट निकालेर खटमा राखी लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिटी भीमसेनस्थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिंह र केलटोल हुँदै मच्छिन्द्रबहाल ल्याई पुनः मन्दिरमा प्रतिस्थापन गरिएको […]

झोलुङ्गे पुलले जोडिए बस्ती, छोटियो दूरी

बाजुरा, चैत १७ गते । बाजुराको गौमुल गाउँपालिका–३ स्थित अजयखोलामा निर्माण गरिएको झोलुङ्गे पुलले दुई बस्ती जोडिएसँगै दूरी पनि छोटिएको छ । माझपाली र धौलकाँडा बस्तीबीच खोलामा बनेको यो पुलले स्थानीयको आउजाउ सहज बनाएको छ । पुल नहुँदा एक बस्तीबाट अर्को बस्तीमा जान झन्डै एक घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । त्यति मात्र होइन, […]

परीक्षार्थी कम भएपछि रघुगङ्गाको एसइई केन्द्र हटाइयो

म्याग्दी, चैत १७ गते । म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी संख्या घटेपछि यस वर्ष एउटा स्थानीय तह परीक्षा केन्द्रविहीन बनेको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका अनुसार गत वर्षको तुलनामा एकसय ८१ जना परीक्षार्थी घटेपछि रघुगंगा गाउँपालिकाको परीक्षा केन्द्र हटाइएको हो । यस वर्ष जिल्लाभर २ हजार ३५ जना […]

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी, चैत १७  गते । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताउनुभयो । “इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उहाँले भन्नुभयो, “एक सय किलोग्राम सतुवा उत्पादन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल