मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चुनौती र संघर्षका बीच पनि काममा सफलता मिल्ने योग छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक जीवनका लागि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च बढ्न सक्छ । मनपर्ने लुगा, गहना तथा आधुनिक सामग्री खरिद गर्ने इच्छा […]
चितवन, साउन १२ गते । मुग्लिन बजार नजिकै सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि आज राति ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलवार साँझ सूचना जारी गर्दै राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो। कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय […]
काठमाडौँ, साउन १२ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको प्रभावले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित […]
काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले निष्ठावान्, अनुभवी र निडर नेता गुमाउनु नेपाली काङ्ग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ। “नेपालको लोकतान्त्रिक […]
काठमाडौँ, साउन १२ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। संयोजक प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता श्रेष्ठको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको हो। नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा दिवङ्गत श्रेष्ठले पुर्याउनुभएको योगदान […]
काठमाडौँ, साउन १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण नागरिक […]
काठमाडौँ, साउन १२ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु […]
नेपालगन्ज, साउन १२ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ । अस्पतालका निर्देशक डा. निरज भट्टराईका अनुसार लायन्स क्लब नेपालगन्ज खजुराको सहकार्यमा अस्पताल परिसरमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा ल्याइएको हो । निर्देशक भट्टराईले कुरुवा घर सञ्चालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामी, […]
इनरुवा, साउन १२ गते । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको जनाएको हो। देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अनिश्चितकालीन कर्फ्यु जारी […]
काठमाडौँ, साउन १२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुुसार मङ्गलबार दिउँसो हिमाली र पहाडी भू–भाग तथा […]