काठमाडौँ, साउन १२ गते ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
संयोजक प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता श्रेष्ठको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको हो।
नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा दिवङ्गत श्रेष्ठले पुर्याउनुभएको योगदान नेपाली राजनीतिमा सधैँ स्मरणीय रहने वक्तव्यमा उल्लेख गरिएको छ।
संयोजक प्रचण्डले दिवङ्गत नेता श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।
क्यानसर पीडित श्रेष्ठको मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।