देशभरका मुस्लिम समुदायले ईद–उल–फित्र पर्व मनाए

काठमाडौँ, चैत ७ गते । देशभरका इस्लाम धर्मावलम्बीले शनिबार ईद–उल–फित्र (इद) पर्व मनाइरहेका छन् । यो पर्व व्रत पूरा भएपछि अर्को दिन मनाइन्छ । सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । शनिबार बिहानै काठमाडौँको घण्टाघर नजिकका मस्जिद र अन्य मस्जिदमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गर्दै पर्व मनाएका छन् । इद–उल–फित्रमा ‘सेवई’ […]

वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बनेपा, चैत ७ गते ।  शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वर्षापछि रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्ग अवरुद्ध भएको हो । प्रहरी नायब उपरीक्षक रविन बिष्टले शनिबार बिहान करिब ३ः३० बजेदेखि सडक अवरुद्ध भएको जानकारी दिनुभयो […]

आज मिति २०८२ चैत्र ०७ गते , 21 march 2026 शनिबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ भने अन्न प्राप्तिको पनि योग छ । केही खर्च भएपनि दान पुण्य र भेटघाटमा खर्च हुँदा मनमा सन्तोष हुनेछ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ । साथीहरूसँग मनोरञ्जनका अवसर पनि मिल्नेछ । वृष  (इ, उ, […]

सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर

काठमाडौँ,  चैत ६ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ […]

मोरङका दुई पालिकामा बर्ड फ्लु पुष्टि : नियन्त्रणका लागि टोली परिचालन

काठमाडौँ, चैत ६ गते ।  मोरङका दुईवटा स्थानीय तहमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले […]

कांग्रेस बैठकमा विश्वप्रकाशको २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन

  काठमाडौँ, चैत ७ गते । नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । चुनावपछि पहिलो पटक शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति  शर्माले निर्वाचन समीक्षामा केन्द्रित भएर प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । शुक्रबार बसेको बैठक उपसभापति शर्माले प्रतिवेदन पेश गरेपछि सकिएको छ ।  अर्को बैठक […]

आइतबारसम्म हावाहुरीसहित वर्षा हुने पूर्वानुमान

काठमाडौँ, चैत ६ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरेको छ । महाशाखाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको हो । तीन दिनको बुलेटिन अनुसार अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश […]

बन्यो धिमाल होमस्टे

उर्लाबारी, चैत ५ गते  । मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं. १० स्थित  माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइसकेको छ भने सङ्ग्रहालय निर्माणको चरणमा छ । मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका […]

पहिरोको उच्च जोखिम रोकथाम गरिँदै

चितवन, चैत ५ गते  । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जाने उच्च जोखिम भएका स्थानमा स्थायी रूपमा रोकथामको उपाय सुरु हुने भएको छ ।  बर्सातमा पहिरो गएर ५६ घण्टासम्म सडक अवरुद्ध भएपछि स्थायी रोकथामका लागि सडकदेखि संसद्सम्म दबाब बढेको थियो । सडक विभागको प्राविधिक टोलीले लामो समय अध्ययन गरेर यस सडकखण्डको ४३ स्थानमा पहिरो रोकथामका लागि […]

तनहुँमा ६ हजार विद्यार्थी एसइईमा सहभागी, २२ परीक्षा केन्द्र निर्धारण

तनहुँ, चैत ५ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि तनहुँमा ६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार यस वर्ष जिल्लाभर कुल ६ हजार १५५ जना परीक्षार्थीले परीक्षा दिने तयारी पूरा भएको छ। इकाइका सूचना अधिकारी भरत बरालका अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल