ग्यास आजदेखि पुरानै मूल्यमा

काठमाडौँ, असोज १ गते । काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि प्रतिसिलिन्डिर पुरानै मूल्य दुई हजार ६० रुपियाँमा ग्यास पाउने भएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित छलफलमा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले भोलिदेखि नै पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो । भदौ १४ […]

राष्ट्र बैङ्कका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्ष

काठमाडौँ, असोज १ गते । गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल हालको पाँच वर्षबाट घटाई तीन वर्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैङ्क विधेयकमा गरेको संशोधनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल हालको पाँच वर्षबाट घटाई तीन वर्ष बनाउनुका साथै कार्यसम्पादनका आधारमा निजहरूलाई दुई वर्षका […]

नेपाल बैङ्कका कर्मचारीको जीवन बिमा नेसनल लाइफमा

काठमाडौँ, असोज १ गते ।  नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीको जीवन बिमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा हुने भएको छ । दुवै संस्थाबिच बुधबार त्यससम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल र नेपाल बैङ्क लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार नेपाल बैङ्क […]

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

काठमाडौँ, असोज १ गते ।  अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको […]

चिनी प्रतिकेजी एक सय दस रुपियाँमा बेच्ने व्यवस्था

काठमाडौँ, असोज १ गते ।  काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो । विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज […]

क्यासिनो नवीकरणको अवधि बढाउन सुझाव

काठमाडौँ, भदौ ३१ गते ।  हरेक वर्ष हुँदै आएको क्यासिनो नवीकरण अवधि बढाएर पाँचमा वर्ष बनाउन क्यासिनो व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मङ्गलबारको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा व्यवसायीले त्यस्तो सुझाव दिएका हुन् । क्यासिनोको नवीकरण हरेक वर्षबाट बढाएर पाँच वर्षमा गर्न र एउटा होटेलमा एकभन्दा बढी क्यासिनो […]

घिउको माग उच्च, आपूर्ति कम

विराटनगर, भदौ ३१ गते ।  चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी (बटर) को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा एक महिनाको अवधिमै घिउको मूल्य प्रतिकिलो दुई सय रुपियाँसम्मले वृद्धि भइसकेको छ । मूल्य बढे पनि उपभोक्ताले बजारमा सहज रूपमा घिउ पाइरहेका […]

पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने लक्ष्यसहित निर्माणमा तीव्रता

नेपालगन्ज, भदौ ३० गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। सरकारले आयोजनाका बाँकी पूर्वाधार निर्माणको काम पाँच वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएपछि शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माणलाई प्राथमिकता दिँदै कामलाई तीव्र गतिमा अघि बढाइएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो। […]

नेपाल वायुसेवा निगमको जहाज एक महिनादेखि इटालीमा

काठमाडौँ, भदौ ३० गते । नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन […]

केराले मूल्य पाउँदा किसान उत्साहित

घोराही, भदौ २९ गते ।  चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन् । गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन् । राप्ती गाउँपालिका–७, सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म नौ लाख रुपियाँको केरा बिक्री गरेको बताउनुभयो । सिसहनियालगायत देउखुरी क्षेत्रमा ३५ बिघा क्षेत्रफलमा व्यावसायिक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ