काठमाडौँ, भदौ २ गते । आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैङ्कले करिब ७० अर्ब रुपियाँ खुद नाफा आर्जन गरेका छन् । नाफा कमाए पनि बैङ्कको लाभांश वितरण गर्ने क्षमता भने कमजोर देखिएको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैङ्कहरूले ६९ अर्ब ८६ करोड ६० लाख रुपियाँ नाफा कमाउँदा चार बैङ्कको वितरणयोग्य […]
काठमाडौं ,साउन ३१ गते । भाटभटेनीको भक्तपुर स्टोर भदौ १ गतेदेखि चौबीसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ ।सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै भोलि भदौ […]
काठमाडौँ, साउन ३१ गते। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भदौ १ गते अर्थात भोलिदेखि देशभरका आफ्ना मुख्य तथा शाखा कार्यालयहरू पूर्ण रूपमा बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम-कारोबार तथा श्रमिकको उडान ठप्प पार्ने घोषणा गरेको छ । सङ्घका महासचिव हिरा बहादुर डाँगी (हरि) द्वारा जारी विज्ञप्ति अनुसार, गत साउन ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको […]
काठमाडौँ, साउन ३१ गते । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल टेलिकमको खुद नाफा उल्लेख्य बढेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४७.५८ प्रतिशतले बढेर आठ अर्ब ८६ करोड ४६ लाख रुपियाँ पुगेको छ । त्यसअघि गत आवमा कम्पनीको खुद नाफा छ अर्ब ६७ लाख रुपियाँ […]
काठमाडौँ, साउन ३१ गते । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताउनुभएकाे छ । उहाँहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताउनुभएकाे हाे । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान)ले हालै […]
काठमाडौँ, साउन २९ गते । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ । उहाँले नेपाल र चीनबिचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो । नेपाल र चीनबिचको कूटनीतिक […]
तनहुँ, साउन २९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गरी परीक्षणपछि निजी क्षेत्रलाई जिम्मा दिने नीति सरकारले लिएको बताउनुभएको छ। जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को जिल्ला स्तरीय दुईदिने वार्षिक समीक्षा कार्यक्रमको बिहीबार उद्घाटन गर्दै उहाँले बन्द उद्योग सञ्चालनमार्फत रोजगारी वृद्धि, उत्पादन विस्तार र […]
सुनसरी, साउन २९ गते । धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले […]
दमौली (तनहुँ), साउन २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनुभएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक […]
काठमाडौँ, साउन २६ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा गतवर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षा गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित […]