सरकारको नीतिविपरीत मलेसिया पठाउने कम्पनीमाथि छानबिन

काठमाडौँ, भदौ २९ गते । वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) मा आबद्ध २५ नेपाली इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी कम्पनीमाथि छानबिन थालेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवकाे  निर्देशनपछि विभागले ती २५ वटा वैदेशिक कम्पनीको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा रहेको विगतको संलग्नता तथा अन्य संस्थालाई आबद्ध गर्दा अपनाइएका प्रक्रियाबारे […]

मध्यपूर्वको तनावको असर अमेरिकामा, महँगी दर ३ दशमलव ४ प्रतिशत

वासिङ्टन, भदौ २७ गते ।  मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ । अमेरिकी श्रम विभागका अनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशत बढेको छ […]

इजरायलमा सहायक श्रमिक माग

काठमाडौँ, भदौ २४ गते ।  वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन मागेको छ । विभागका अनुसार नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलले एक हजार ४५४ जना नेपाली सहायक श्रमिकका लागि पुनः आवेदन मागेको हो । इजरायलले तेस्रो चरणमा दुई […]

पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

चितवन, भदौ २४ गते ।  पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मङ्गलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ […]

आरोहणको मुखमा मनासलुको पर्यटन प्रभावित

काठमाडौँ, भदौ २२ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बुढीगण्डकी र थेराङखोलामा गएको बाढीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढीगण्डकी र थेराङखोलामा आइतबार बिहान गएको बाढीले दुई वटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको छ । उहाँले भन्नुभयो, […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, भदौ २१ गते ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ […]

धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ, भदौ २० गते ।  धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले यस क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई उत्प्रेरित गर्न वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने भएको छ । त्यसका लागि ५० हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको घोषणा आज औपचारिक कार्यक्रममार्फत गरेको छ भने थप सहयोगको प्रतिबद्धता समेत प्राप्त भएको जनाएको छ । रेक्जोनले संकलित रकमको ब्याज […]

जापानबाट नेपाललाई पहिलो चरणको राहत प्राप्त

काठमाडौँ, भदौ १७ गते ।  जापानबाट पहिलो चरणको राहत सामग्री आज आइपुगेको छ । जापान सरकारले नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्मा ऐक्यबद्धता जनाउँदै उक्त राहत सामग्री नेपाल पठाएको हो । उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा हस्तान्तरण […]

ऊर्जा क्षेत्रबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग

काठमाडौं, भदौ १७ गते ।  राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपियाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड […]

रसुवा बाढीपीडितका लागि राहत बोकेर बुढानीलकण्ठको टोली धुञ्चेतर्फ

काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर बुढानीलकण्ठ नगरपालिकाको टोली रसुवा प्रस्थान गरेको छ । नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरिएका राहत सामग्री बोकेका तीनवटा गाडी बुधबार वडा नं. ३ का अध्यक्ष आकाश धिताल र सदस्य विकास तामाङको नेतृत्वमा रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेकाे  हाे । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ