काठमाडौँ, चैत २३ गते । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का प्रतिनिधिसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा उहाँले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने रहेको […]
काठमाडौँ, चैत २३ गते । नेपाल आयाल निगमनले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले गरेको शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा […]
काठमाडौँ चैत २३ गते । सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना […]
काठमाडौँ, चैत २२ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ६२ पैसा र बिक्रीदर १७२ रुपियाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
खोटाङ, चैत २१ गते । भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो । पूर्वाधार विकास कार्यालयले […]
गाईघाट, चैत २० गते । उदयपुरको प्रशिद्ध रौतापोखरी क्षेत्रमा चैत अन्तिमसाता ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’को आयोजना गरिएको छ । चैत २९ गते देखि २०८३ वैशाख ३ गतेसम्म सञ्चालन गरिने उक्त महोत्सव त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको संयुक्त आयोजनामा हुने छ । आयोजकले पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पर्यटन पूर्वाधार विकास, […]
काठमाडौँ, चैत २० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २० र आलु रातो […]
काठमाडौँ, चैत १९ गते । दक्षिण पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण युरोप, अमेरिकालगायत प्रमुख गन्तव्यबाट नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२६ को मार्चमा दक्षिण एसियाली र चीनबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा बढे पनि युरोप तथा अमेरिकालगायत प्रमुख गन्तव्यबाट आउने पर्यटकको आगमनमा भने युद्धको प्रभाव देखिएको […]
काठमाडौँ, चैत १९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनमा वस्तुगततर्फ नरेशलाल श्रेष्ठको समूहले उम्मेदवारी दिएको छ । श्रेष्ठ वस्तुगत उपाध्यक्ष रहने गरी केन्द्रीय सदस्यसहितको समूहको घोषणा भएको हो । श्रेष्ठको समूह अन्तर्गत कार्यकारिणी सदस्यमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र सङ्ग्रौला, दुर्गाप्रसाद सुवेदी, नीराजनबहादुर चलाउने, सागर […]
म्याग्दी (दरबाङ), चैत १८ गते। म्याग्दीमा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीका अनुसार जिल्लाभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलापसम्बन्धी सबै प्रकारका व्यवसाय तथा सेवाको आधारभूत विवरण सङ्कलन गरी तथ्याङ्क प्रकाशन गरिनेछ। कार्यालय स्थापना भएपछि मङ्गलबार सदरमुकाम बेनीबजारमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठी मा आर्थिक क्रियाकलाप हुने […]