काठमाडौँ, असार १८ गते । चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ […]
काठमाडौँ, असार १२ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक […]
लुम्बिनी, असार १२ गते । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनिमतले पारित […]
हेटौँडा, असार १२ गते । बागमती प्रदेश सरकारले गत जेठ महिनासम्ममा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटको ५१ प्रतिशत मात्र खर्च गरेको पाइएको छ । चालु आव सकिन एक महिना बाँकी हुँदा प्रदेश सरकारको ३२ अर्ब २९ करोड ८१ लाख ८१ हजार ४५३ रुपियाँ अर्थात् ५१.५१ प्रतिशत खर्च भएको हो । प्रदेश […]
काठमाडौँ, असार ११ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आन्दोलनरत दुध किसानका प्रतिनिधिबिच सोमबार वार्ता भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रले बक्यौता रकम नदिएको भन्दै किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपछि बक्यौता रकम भुक्तानी गराउन सहजीकरणका लागि कृषि मन्त्रालयले किसानसँग वार्ता गर्दै आएको छ । कृषि मन्त्रालयका […]
धनगढी, असार ११ गते । सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको छ । राष्ट्रिय प्रगतिसँग तुलना गर्दा यो प्रदेशको भौतिक पूर्वाधार अवस्था कमजोर देखिएको हो । महालेखा परीक्षकको कार्यालयले दिगो विकास लक्ष्य र दीर्घकालीन सोचसमेत प्राप्त हुने गरी कार्यक्रम कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेशमा सडक, हवाई […]
सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेको छ । यस पटकको बजेट अन्य वर्षमा भन्दा भिन्न तवरले छलफल भएको देखिएको छ । बजेटमाथि विपक्षी दलहरूले आलोचना गर्ने परम्परा नै रहे पनि यस पटक भने सत्तारूढ दलका सदस्यले समेत बजेट विनियोजनका सम्बन्धमा कटु आलोचना गरेका छन् । रोस्ट्रमबाट नै विनियोजन पुस्तिका […]
काठमाडौँ, असार ११ गते । आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीहरू ठुला जहाज भित्र्याएर सुगम गन्तव्यमा उडान प्रतिस्पर्धामा लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर आन्तरिकतर्फका गन्तव्यमा उडान गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयर, श्री एयरलाइन्सलगायतले सुगमको उडानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । वायुसेवा कम्पनीबिचको उडान प्रतिस्पर्धाले यात्रुले समेत हवाई भाडा […]
काठमाडौँ, असार १० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ । उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ […]
०९ आषाढ २०८१ मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको ३०,००० कित्ता शेयर बिक्री गर्ने भएको छ। उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र प्राप्त क, ख र ग वर्ग) न्यूनतम मूल्य प्रति शेयर रु.७०० (सात सय) मा […]