alliance khabar

बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ, चैत १९ गते ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनमा वस्तुगततर्फ नरेशलाल श्रेष्ठको समूहले उम्मेदवारी दिएको छ । श्रेष्ठ वस्तुगत उपाध्यक्ष रहने गरी केन्द्रीय सदस्यसहितको समूहको घोषणा भएको हो ।

श्रेष्ठको समूह अन्तर्गत कार्यकारिणी सदस्यमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र सङ्ग्रौला, दुर्गाप्रसाद सुवेदी, नीराजनबहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बन्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दिनुभएको छ । महासङ्घका तर्फबाट प्रतिनिधित्व गर्दै सदस्यमा सुनैना घिमिरे पाण्डे र सुधीर पराजुली उम्मेदवार हुनुहुन्छ ।

वस्तुगततर्फका सबै क्षेत्रलाई समावेश गरेर समूह बनाएको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताउनुभयो । समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आइटी, घरजग्गा व्यवसाय, जलविद्युत्लगायत सबै जसो क्षेत्रलाई समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठको समूहले यसअघि नै आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएका हेमराज ढकालको समूह अन्तर्गत रहेको घोषणा गरिसकेको छ ।

ढकालको समूहमा श्रेष्ठसहित एसोसिएटस उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी दिनुभएको छ ।

बागमतीको अध्यक्षमा दुईको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । महासङ्घ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठ र वेदबहादुर श्रेष्ठको उम्मेदवारी परेको हो । दुर्गाराज काठमाडौँ र वेदबहादुर सिन्धुपाल्चोकका हुनुहुन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश कार्यसमितिको आगामी तीनबर्से कार्यकालका लागि यही चैत २४ गते हेटौँडामा निर्वाचन हुँदै छ । अध्यक्षसँगै जिल्ला तथा नगरतर्फको उपाध्यक्ष, एसोसिएटतर्फको उपाध्यक्ष, वस्तुगततर्फका उपाध्यक्ष, कोषाध्यक्ष पदमा एक/एक जनाका लागि निर्वाचन हुने महासङ्घका कार्यकारी निर्देशक विवेक मानन्धरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल