alliance khabar

आइतबार, चैत्र २२, २०८२

काठमाडौँ, चैत २२ गते ।

 नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ६२ पैसा र बिक्रीदर १७२ रुपियाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ७६ पैसा र बिक्रीदर १९७ रुपियाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ २२ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ७१ पैसा र बिक्रीदर १०३ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ७६ पैसा र बिक्रीदर १०७ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ६५ पैसा र बिक्रीदर ११६ रुपियाँ ११ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ६१ पैसा र बिक्रीदर २१ रुपियाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ५९ पैसा र बिक्रीदर ३९ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ७८ पैसा र बिक्रीदर ४० रुपियाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४८ पैसा र बिक्रीदर ४० रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८८ पैसा र बिक्रीदर ३७ रुपियाँ तीन पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८५ पैसा र बिक्रीदर नौ रुपियाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७६ पैसा र बिक्रीदर १५ रुपियाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९६ पैसा र बिक्रीदर २३ रुपियाँ छ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९७ पैसा र बिक्रीदर १९ रुपियाँ पाँच पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपियाँ ५० पैसा र बिक्रीदर ४८६ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपियाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपियाँ २१ पैसा र बिक्रीदर ३८७ रुपियाँ ७६ पैसा रहेको छ  । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल