कृषकलाई कृषि तथा दुग्धजन्य उपकरण

स्याङ्जा, जेठ २२ गते ।  गल्याङ नगरपालिकाले कृषकलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको छ । कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, किसानको श्रम र लागत न्यूनीकरण तथा दुग्ध व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यका साथ नगरपालिकाले कृषकहरुलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको हो । नगरपालिकाले सञ्चालन गरेको कृषि तथा […]

दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

राँझा (बाँके),  जेठ २२ गते ।  नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् […]

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ),  जेठ २० गते ।  केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ । यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  जेठ २० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, […]

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की, जेठ २०  गते । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गर्नुभएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी […]

दुग्ध उत्पादक किसानलाई आँबुखैरेनीको २१ लाख अनुदान

तनहुँ, जेठ १९ गते ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा दुग्ध उत्पादक किसानलाई २१ लाख रुपियाँभन्दा बढी अनुदान वितरण गरेको छ । “दुग्ध उत्पादनमा वृद्धि, कृषक समृद्धिको सुनिश्चितता” भन्ने नाराका साथ गाउँपालिकाले उत्पादनका आधारमा प्रतिलिटर छ रुपियाँका दरले किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराएको हो । चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिक […]

दुध तथा दुग्धजन्य पदार्थको खपत बढाउन

काठमाडौँ, जेठ १९ गते । सरकारले दुध तथा दुग्धजन्य पदार्थको खपत बढाउन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सूूचना तथा सञ्चार मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले मन्त्रालय, बोर्ड, परिषद्, विभाग, आयोग, सचिवालय, निकाय सबैलाई दुग्ध विकास संस्थान (डिडिसी) र त्यस अन्तर्गतका आयोजनाबाट उत्पादित दुध तथा दुग्धजन्य पदार्थको खपत वृद्धि गरी कृषकलाई […]

पर्यटन प्रवर्धनमा मन्त्री पटेलको जोड

रौतहट, जेठ १८ गते ।  मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले मधेश प्रदेशलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पटेलले प्रदेशका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन मन्त्रालयले विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक सम्पदाको […]

‘उद्यमशीलताबाट गरिबीको समाधान’

काठमाडौँ, जेठ १८ गते  । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले वित्तीय समावेशीकरण र उद्यमशीलता विकासका माध्यमबाट गरिबीको समाधान गर्न सकिने बताउनुभएको छ । स्रोहौँ सामाजिक व्यवसाय दिवसका अवसरमा स्वावलम्बन विकास केन्द्रले आइतबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको ‘तीन शून्य’ (शून्य गरिबी, शून्य […]

महिलालाई आत्मनिर्भर बनाउन विष्णुपुरमा सिलाइ–कटाइ तालिम

कल्याणपुर (सप्तरी), जेठ १७ गते ।  महिलाको सम्मान, रोजगारी तथा आर्थिक अवसर अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीको विष्णुपुर गाउँपालिका–३ मा सिलाइ–कटाइ तालिम सञ्चालन गरिएको छ। विष्णुपुर गाउँपालिकाको सहयोग तथा सप्तरी समाज कल्याण सेवा, राजविराजको आयोजनामा सञ्चालित तालिमको गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले शनिबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ