alliance khabar

मंगलबार, जेठ १९, २०८३

तनहुँ, जेठ १९ गते ।

 तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा दुग्ध उत्पादक किसानलाई २१ लाख रुपियाँभन्दा बढी अनुदान वितरण गरेको छ । “दुग्ध उत्पादनमा वृद्धि, कृषक समृद्धिको सुनिश्चितता” भन्ने नाराका साथ गाउँपालिकाले उत्पादनका आधारमा प्रतिलिटर छ रुपियाँका दरले किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिक अवधिमा गाउँपालिकाभित्रका किसानले कुल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका थिए । सोही उत्पादनका आधारमा किसानलाई २१ लाख ५५ हजार १४२ रुपियाँ भुक्तानी गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले सञ्चालन गरेको “उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम” ले स्थानीय स्तरमा दूध उत्पादन बढाउन र किसानको आर्थिक अवस्था सुदृढ गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ । सहकारी संस्थाहरूसँग समन्वय गरी सोझै वास्तविक किसानको हातमा अनुदान पुग्ने व्यवस्था मिलाइएकाले यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुन थालेको उहाँको भनाइ छ ।

गाउँपालिकाले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदान दिन थालेपछि यस क्षेत्रका पशुपालक कृषकहरू निकै उत्साहित भएका छन् । यो कार्यक्रमले परम्परागत पशुपालनलाई व्यावसायिकतातर्फ रूपान्तरण गर्न र दुग्ध व्यवसायमा युवाहरूको आकर्षण बढाउन सहयोग गरिएको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । अनुदानको कृषकको सङ्ख्यामा झण्डै दोब्बर वृद्धि भएको उहाँले बताउनुभयो । विश्व दुध दिवसको अवसरमा सोमबार गाउँपालिकाले अनुदान रकम किसानलाई उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल