alliance khabar

आइतबार, जेठ १७, २०८३

कल्याणपुर (सप्तरी), जेठ १७ गते ।

 महिलाको सम्मान, रोजगारी तथा आर्थिक अवसर अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीको विष्णुपुर गाउँपालिका–३ मा सिलाइ–कटाइ तालिम सञ्चालन गरिएको छ।

विष्णुपुर गाउँपालिकाको सहयोग तथा सप्तरी समाज कल्याण सेवा, राजविराजको आयोजनामा सञ्चालित तालिमको गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले शनिबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने गाउँपालिकाको नीतिअनुरूप तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले सीप हासिल गरेपछि महिलाले आफ्नै घरबाट व्यवसाय सञ्चालन गरी आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

तालिम सम्पन्न भएपछि सहभागी महिलालाई स्वरोजगारमा लाग्न सहज होस् भन्ने उद्देश्यले सिलाइ मेसिनसमेत उपलब्ध गराइने प्रतिबद्धता अध्यक्ष यादवले जनाउनुभयो।

तालिमले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्नुका साथै स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विष्णुपुर गाउँपालिकाले जनाएको छ।

तालिममा सहभागी महिलालाई सिलाइ–कटाइसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिने बताइएको छ। तालिम उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय अगुवा तथा सहभागी महिलाको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल