alliance khabar

सोमबार, जेठ १८, २०८३

रौतहट, जेठ १८ गते ।

 मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले मधेश प्रदेशलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पटेलले प्रदेशका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन मन्त्रालयले विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचारप्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि हुने सम्भावना रहेको बताउनुभयो।

पर्यटन प्रवर्द्धनमा आधारित सूचना प्रवाहमा सञ्चारकर्मीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले यसतर्फ थप ध्यान दिन आग्रह गर्नुभयो।

समाजको समग्र हितलाई केन्द्रमा राखेर काम गर्न मन्त्रालयअन्तर्गतका पर्यटन विकास कार्यालयका प्रमुखहरूलाई निर्देशन दिइएको बताउँदै मन्त्री पटेलले जिम्मेवार, पारदर्शी र प्रभावकारी सेवा प्रवाहमा जोड दिन निरन्तर मार्गदर्शन गर्दै आएको जानकारी दिनुभयो।

सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आफू अघि बढिरहेको उल्लेख गर्दै उहाँले विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न प्रयास भइरहेको बताउनुभयो।

पर्यटन प्रवर्धनका लागि विभिन्न योजना अघि बढाइएको जानकारी दिँदै उहाँले ती योजनाको प्रभावकारी कार्यान्वयनबाट प्रदेशलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभयो।

जनताको आवश्यकता र अपेक्षाअनुसार आगामी आर्थिक वर्षका कार्यक्रम समावेश गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री पटेलले प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि नै जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्दै आएको बताउनुभयो।

उहाँले २५ करोड रुपियाँसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता प्रदेश सरकारअन्तर्गत ल्याउन आफूले पहल गरेको जानकारी दिनुभयो। यसका लागि गत वैशाख ३ गते सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग भेट गरी आवश्यक पहलका लागि अनुरोध गरिएको र त्यसअनुरूप सङ्घीय सरकारले कार्यान्वयन गरेको उहाँको भनाइ थियो।

मन्त्री पटेलले उक्त निर्णयले प्रदेशको राजस्व वृद्धि हुनुका साथै प्रदेशभित्र रोजगारीका अवसर पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो। आफ्नो पहलबाट मधेश प्रदेशमात्र नभई अन्य छ प्रदेशले पनि लाभ प्राप्त गरेको उहाँले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल