alliance khabar

सोमबार, जेठ १८, २०८३

काठमाडौँ, जेठ १८ गते  ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले वित्तीय समावेशीकरण र उद्यमशीलता विकासका माध्यमबाट गरिबीको समाधान गर्न सकिने बताउनुभएको छ । स्रोहौँ सामाजिक व्यवसाय दिवसका अवसरमा स्वावलम्बन विकास केन्द्रले आइतबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको ‘तीन शून्य’ (शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन) को अवधारणामा आधारित रहेर यो कार्यक्रम गरेको जनाइएको छ ।

कार्यक्रममा ग्रामीण ट्रस्ट, बङ्गलादेशका कार्यकारी उपाध्यक्ष अब्दुल हाई खानले युवा जागिर खोज्ने नभई जागिर सिर्जना गर्ने बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवा स्वरोजगार प्रवर्धनका लागि ‘तीन–जिरो क्लब’ को अवधारणालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले नेपालमा तीन जिरो क्लबको अनुभव आदानप्रदान गर्नुका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा भएका  प्रयास र शून्य खुद कार्बन उत्सर्जन हासिल धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सरकारी निकाय, नेपाल राष्ट्र बैङ्क, लघुवित्त संस्था, सहकारी र गैरसरकारी संस्थाका करिब एक सय जना अधिकारीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल