मुढेको छुर्पी व्यापार बढ्यो

सिन्धुपाल्चोक, भदौ ५ गते  । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५, मुढेक्षेत्र ‘मुढेको आलु’ का लागि प्रख्यात छ । पछिल्लो समय मुढे आलुसँगै स्वादिष्ट छुर्पी उत्पादन हुने क्षेत्रका रूपमा पनि परिचित हुन थालेको छ । मुढेको छुर्पीको स्वादका कारण पछिल्लो समय स्वदेशी तथा विदेशी उपभोक्तामाझ यसको माग बढ्दै गएको छ । मुढेमा दैनिक १० लाख रुपियाँभन्दा बढीको छुर्पी बिक्री […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, भदौ ५ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८४ पैसा र बिक्रीदर १५३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ९१ पैसा र बिक्रीदर १७९ रुपियाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ, भदौ ४ गते ।  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बिचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उहाँले […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ ४ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु […]

निसीखोलाले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्‍यो

  गलकोट (बागलुङ), भदौ ३ गते ।  बागलुङको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको छ । गाउँपालिकाले ७४ लाख रुपियाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ८७ लाख ६१ हजार २२९ रुपियाँ राजस्व संकलन गर्न सफल भएको हो । निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरका अनुसार लक्ष्यभन्दा १८.४ […]

श्रमिकलाई डेढ करोड पारिश्रमिक भुक्तानी गराइयो

काठमाडौँ, भदौ ३ गते  । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पछिल्लो एक महिनामा करिब डेढ करोड रुपियाँ बराबरको रकम श्रमिकको पारिश्रमिकबापत भुक्तानी गर्न सफल भएको छ । विभागको सक्रियतामा गएको साउनमा विभिन्न रोजगारदाता कम्पनी र प्रतिष्ठानमा आएका उजुरीका आधारमा श्रमिकलाई एक करोड ४० लाख ५२ हजार ८१५ बराबरको पारिश्रमिक भुक्तानी गराएको हो । विभागका महानिर्देशक […]

वाणिज्य बैङ्कको नाफा सत्तरी अर्ब

काठमाडौँ, भदौ २ गते । आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैङ्कले करिब ७० अर्ब रुपियाँ खुद नाफा आर्जन गरेका छन् । नाफा कमाए पनि बैङ्कको लाभांश वितरण गर्ने क्षमता भने कमजोर देखिएको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैङ्कहरूले ६९ अर्ब ८६ करोड ६० लाख रुपियाँ नाफा कमाउँदा चार बैङ्कको वितरणयोग्य […]

भाटभटेनीको भक्तपुर स्टोर चौबीसै घण्टा खुल्ने

काठमाडौं ,साउन ३१ गते । भाटभटेनीको भक्तपुर स्टोर भदौ १ गतेदेखि चौबीसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ ।सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै भोलि भदौ […]

भोलिदेखि वैदेशिक रोजगार व्यवसाय पूर्ण रूपमा ठप्प पार्ने व्यवसायी सङ्घको घोषणा

काठमाडौँ,  साउन ३१ गते। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भदौ १ गते अर्थात भोलिदेखि देशभरका आफ्ना मुख्य तथा शाखा कार्यालयहरू पूर्ण रूपमा बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम-कारोबार तथा श्रमिकको उडान ठप्प पार्ने घोषणा गरेको छ । ​सङ्घका महासचिव हिरा बहादुर डाँगी (हरि) द्वारा जारी विज्ञप्ति अनुसार, गत साउन ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको […]

नेपाल टेलिकमकाे नाफामा सुधार

काठमाडौँ, साउन ३१ गते । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल टेलिकमको खुद नाफा उल्लेख्य बढेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४७.५८ प्रतिशतले बढेर आठ अर्ब ८६ करोड ४६ लाख रुपियाँ पुगेको छ । त्यसअघि गत आवमा कम्पनीको खुद नाफा छ अर्ब ६७ लाख रुपियाँ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ