काठमाडौँ, पुस २२ गते । नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदबिक्री गर्नुपूर्व अनिवार्य रूपमा स्वीकृति लिन दूरसञ्चार सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले अनुमतिपत्र सेवाप्रदायकले चुक्तापुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ ले सेयर खरिदबिक्री पूर्व अनिवार्य स्वीकृति लिनुपर्ने […]
काठमाडौँ, पुस २२ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई […]
काठमाडौँ, पुस १९ गते । ग्लोबल आइएमई बैङ्कले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा बैङ्कको फोन पे नेटवर्कमा आबद्ध भएका क्युआर कोड मर्चेन्टलाई लक्षित गरी क्यास ब्याक, स्मार्ट फोन र एक लाख रुपियाँको मुद्दती निक्षेप जित्ने उपहार योजना सार्वजनिक गरेको छ । यो योजना पुस १८ गते बिहीबारदेखि माघ १८ गते शुक्रबारसम्म सञ्चालन हुने बैङ्कले जनाएको छ […]
काठमाडौँ, पुस १९ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कामको जिम्मा लिई बर्सौंसम्म काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरी विभिन्न सार्वजनिक निकायबाट लेखी आएबमोजिम ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुमपश्चिमको चौरजहारीस्थित […]
विराटनगर, पुस १९ गते । ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो । उखु क्रसिङ गरेर नयाँ चिनी बजारमा आउँदा प्रतिकेजी मूल्य ८४ चलेको थियो । साना मिल सञ्चालनमा आएपछि […]
नेपालगन्ज, पुस १८ गते। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार सो क्रममा बुधबार बैंकले करिब दुई करोड रुपियाँ निक्षेप फिर्ता गरिसकेको छ। बैंकका १९ शाखामध्ये १६ वटा शाखामार्फत प्रति व्यक्ति बढीमा […]
बाँके, पुस १६ गते । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । “पर्यटन व्यवसायलाई चलायमान […]
काठमाडौँ, पुस १२ गते । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको उपहार योजना घोषणा गरेको छ । यस योजनाबाट ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्ने छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबैभन्दा ठुलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु उपलब्ध गराउँदै आएको छ । यस अभियानमार्फत बैंकले आफ्ना […]
काठमाडौँ, पुस १० गते । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको सेमिफाइनल खेलमा नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनको जोडी थाइल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडीसँग २१–१५, २१–१७ ले पराजित भएपनि नेपालले कांस्यमा चित्र […]
काठमाडौँ, पुस ९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ । केन्द्रीय बैंकले तय […]