alliance khabar

आइतबार, साउन ३१, २०८३

काठमाडौँ, साउन ३१ गते ।

गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल टेलिकमको खुद नाफा उल्लेख्य बढेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४७.५८ प्रतिशतले बढेर आठ अर्ब ८६ करोड ४६ लाख रुपियाँ पुगेको छ ।

त्यसअघि गत आवमा कम्पनीको खुद नाफा छ अर्ब ६७ लाख रुपियाँ थियो । विवरण अनुसार कम्पनीले एक वर्षमै दुई अर्ब ८५ करोड ७९ लाख रुपियाँ नाफा बढाएको हो । विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले करअघि १३ अर्ब २६ करोड ४७ लाख रुपियाँ नाफा आर्जन गरेको थियो । यो नाफा गत आवको करअघिको तुलनामा ३४.६६ प्रतिशतले बढी हो ।

टेलिकमले आफ्नो आम्दानीमा पनि सुधार गरेको छ । तथ्याङ्क अनुसार समीक्षा वर्षमा कुल ३९ अर्ब १९ करोड रुपियाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । जुन गत आवको तुलनामा एक अर्ब एक करोड रुपियाँले बढी हो । टेलिकमका अनुसार ब्याजदर घट्दा ब्याज आय ८६ करोड १९ लाख रुपियाँले घटेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ