काठमाडौँ, भदौ ५ गते ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८४ पैसा र बिक्रीदर १५३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ९१ पैसा र बिक्रीदर १७९ रुपियाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपियाँ ५५ पैसा र बिक्रीदर २०९ रुपियाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपियाँ ०६ पैसा र बिक्रीदर १९२ रुपियाँ ८१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ९३ पैसा र बिक्रीदर १०९ रुपियाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ०२ पैसा र बिक्रीदर १११ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ २९ पैसा र बिक्रीदर १२० रुपियाँ ७७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७४ पैसा र बिक्रीदर २२ रुपियाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७१ पैसा र बिक्रीदर ४० रुपियाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९३ पैसा र बिक्रीदर ४२ रुपियाँ १० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६५ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६१ पैसा र बिक्रीदर ४१ रुपियाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ९७ पैसा र बिक्रीदर ११ रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १७ पैसा र बिक्रीदर १६ रुपियाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ९३ पैसा र बिक्रीदर २४ रुपियाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४९ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ २६ पैसा र बिक्रीदर ५०० रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ४० पैसा र बिक्रीदर ४०६ रुपियाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ र बिक्रीदर ३९८ रुपियाँ ५६ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।