भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ, असोज २१  गते । सार्वजनिक जीवन यात्राको २५ औँ वर्षगाँठ मनाइरहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गर्नुभएको छ । गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको आफ्नो सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहनुभएको छ । प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल […]

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा. तिमिल्सिना

ललितपुर, असोज २१  गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल विज्ञापन सङ्घ (आन) द्वारा आज ललितपुरमा आयोजित १३औँ रेड बुल कृति अवार्डको प्रतीक चिह्न (लोगो) सार्वजनिक समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री डा. तिमिल्सिनाले विज्ञापन बजारको विकासका लागि विज्ञापन क्षेत्रका […]

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ, असोज २१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक […]

सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौँ, असोज २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे जानकारी लिनुहुँदै उहाँले संस्थाको कार्यसम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति […]

‘जुगल भ्रमण वर्ष २०८३’ को तयारी तीव्र

सिन्धुपाल्चोक, असोज २० गते । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्न जुगल गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ को तयारी तीव्र पारेको छ। गाउँपालिकामा प्रसिद्ध जुगल हिमालसहित दर्जनौँ हिमशृङ्खला, डल्ले पोखरी, घिच्चे झरना, स्यावल पोखरी, अमिलो पानी, खस्रे पार्क, दोमोङ पोखरीलगायतका पर्यटकीय स्थल […]

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबिच वासिङ्टनमा भेटवार्ता

काठमाडौँ, असोज २० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक समूहका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गाबिच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको […]

कांग्रेस महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन

काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो । नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या सात हजार […]

प्राविधिक परीक्षण र मर्मतसम्भारका लागि मनकामना केबलकार बन्द

सुलीकोट (गोरखा), असोज २० गते । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने प्रमुख यातायातको माध्यम मनकामना केबलकारको सेवा मङ्गलबार एक दिनका लागि बन्द भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भार तथा सरसफाइका लागि असोज २० गते मङ्गलबार केबलकार सेवा बन्द गरिएको जनाएको हो। मनकामना दर्शन प्रालिका अनुसार केबलकारका टावरलगायत संरचनाको नियमित मर्मतसम्भार र […]

क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत गर्न ड्रोनबाट इन्धन ढुवानी

म्याग्दी (बेनी), असोज २० गते । गत हप्ता परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड मर्मत तथा पुनर्निर्माणका लागि सोमबार ड्रोनमार्फत आवश्यक इन्धन ढुवानी गरिएको छ। मानिसले बोकेर लैजानसमेत पैदलमार्ग नभएपछि नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरी सडक निर्माणको कामलाई तीव्रता दिइएको हो। असोज ११ गते कालिगण्डकी नदीमा […]

खनियाघाटको झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारी चलाउन रोक

बागलुङ, असोज २० गते । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गास्थित कालीगण्डकी पुलमा क्षति पुर्‍याएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खनियाघाटको झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बाढीले बागलुङ नगरपालिका–४ ढोडेनीदेखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने झोलुङ्गे पुलसमेत बगाएपछि बागलुङ नगरपालिका–१ निरयघाटदेखि पर्वतको खनियाघाट जोड्ने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ