रसुवा बाढीः दुई हजार ६९७ जनाको उद्धार

काठमाडौँ, भदौ १४ गते ।  रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले भदौ १४ गते बिहान ७ बजेसम्म दुई हजार ६९७ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट नेपाली सेनाका हवाई साधनमार्फत विदेशी नागरिक २१६ जनासहित दुई हजार ४९७ जनाको हवाई उद्धार गरिएको छ । उद्धार […]

भोटेकोशी बाढीमा मृत्यु भएका प्रहरी सहायक निरीक्षक खड्काप्रति श्रद्धाञ्जली

काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा मृत्यु भएका प्रहरी सहायक निरीक्षक (प्रसनि) रामहरि खड्काप्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गरिएको छ । टिमुरे, रसुवामा कार्यरत खड्काको पार्थिव शरीरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरसहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । भोटेकोशी नदीमा […]

रसुवा बाढीको असर राजमार्ग स्तरोन्नतिमा

बर्दिबास, भदौ १४ गते ।  रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रत्यक्ष असर पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना (दोस्रो खण्ड) मा परेको छ । आयोजनामा कार्यरत करिब ४० प्रतिशत प्राविधिक कर्मचारी तथा मजदुरका परिवार बाढीबाट प्रभावित भएपछि कमला–बडहरी–फूलजोर–बागमती (७४.७५ किलोमिटर) पूर्वी खण्डको निर्माण कार्य सुस्त बनेको छ । आयोजनाको ठेकेदार कम्पनी ‘स्वेग–आरसीसी जेभी’का प्रोजेक्ट म्यानेजर सुबोध रिसालका […]

भोटेकोशीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

रसुवा, भदौ १४ गते ।  भोटेकोशी नदीमा आइतबार बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो । ठुलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर […]

इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय

क्विटो, भदौ १३ गते ।  जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ । त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ । […]

भोटेकोशी बाढीपीडितलाई बुढानीलकण्ठ नगरपालिकाको सहयोग

काठमाडौं, भदौ १३गते। रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बुढानीलकण्ठ नगरपालिकाले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको ९३औँ आकस्मिक बैठकले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भदौ १० […]

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौँ, भदौ १३ गते ।  अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले शनिबार भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबिचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा […]

बाढीपीडितका लागि सहयोगको प्रतिबद्धता

धनगढी, भदौ १३ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितको सहयोगका लागि सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो । आर्थिक […]

स्थानीय तहबाट सहयोग जुट्दै

सल्यान, भदौ १३ गते । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सल्यानका तीन स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई लाख ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि एक लाख ५० हजार रुपियाँ […]

अवरुद्ध मुग्लिङ–काठमाडौँ सडक सञ्चालनमा

काठमाडौँ, भदौ १३ गते ।  भोटेकोशी बाढीका कारण अवरुद्ध मुग्लिङ–काठमाडौँ सडकखण्ड शनिबार बिहानदेखि सञ्चालनमा आएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ६ बजेदेखि सवारीसाधनलाई गन्तव्यतर्फ जान दिइएको हो। बाढी तथा पहिरोका कारण जोखिम बढेपछि विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए। सडकको अवस्था र जोखिम मूल्याङ्कनपछि बिहान […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ