सरकारका सय कार्यसूची : पैँसठ्ठी दिनमा सत्तरी प्रतिशत काम

काठमाडौँ, जेठ १९ गते । सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको एक सय दिनमा गरिने एक सय कार्यसूचीमध्ये ६५ दिनको अवधिमा ७० प्रतिशत कार्यसूची कार्यान्वयन भएको बताइएको छ । कतिपय काम एक सय कार्यसूचीमा तोकिएका समयसीमाभन्दा पनि अघि नै सम्पन्न भई कार्यान्वयनमा आएका छन् । अन्तरमन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयन गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान […]

रास्वपा सभापति लामिछाने नयाँदिल्लीमा, उच्चस्तरीय भेटघाट हुँदै

काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका सिलसिलामा सोमबार भारतको नयाँदिल्ली पुग्नुभएको छ । भारतीय सत्तारूढ पार्टी भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुग्नुभएका लामिछानेलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले स्वागत गर्नुभएको थियो । नयाँदिल्लीमा […]

आज मिति २०८३ जेठ १९ गते , 02 June 2026 मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेहनतको प्रतिफल प्राप्त हुने दिन छ । विगतमा गरेका प्रयासले सकारात्मक नतिजा दिन सक्छन् । व्यवसाय विस्तार वा नयाँ योजनामा लगानी गर्ने अवसर मिल्न सक्छ । पारिवारिक वातावरण सुखद रहनेछ भने अध्ययन, अनुसन्धान तथा यात्राबाट लाभ मिल्ने संकेत छ । वृष  (इ, उ, ए, […]

पर्यटन प्रवर्धनमा मन्त्री पटेलको जोड

रौतहट, जेठ १८ गते ।  मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले मधेश प्रदेशलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पटेलले प्रदेशका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन मन्त्रालयले विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक सम्पदाको […]

तमानखोलाले ढाका उद्योग मार्फत १५ महिला आत्मनिर्भर

बागलुङ (गलकोट) जेठ १८ गते । बागलुङको तमान गाउँका जमुना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याई–नभ्याई छ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर–३ मा रहेको महिला कल्याण आमा समुहको भवनमा बिहानैदेखि ढाकाको असकोट बुन्दै गरेकी घर्तीले आफुजस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएको बताउनुहुन्छ । महिलाहरुलाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद सम्ममा […]

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

फुङलिङ, जेठ १८ गते ।  दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले हात पार्नुभएको छ । दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त साहसिक खुल्ला म्याराथनको उपाधि राईले हात पार्नुभएको हो । २४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्नुभएको थियो । सिरिजङ्घा गाउँपालिका–८ […]

सभापति लामिछाने आज भारत जानुहुँदै

काठमाडौँ, जेठ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  सोमबार भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नुहुने रास्वपाले जनाएको छ । पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति […]

रोनाल्डोको पोर्चुगललाई सहज समूह ‘के’

न्युयोर्क, जेठ १८ गते । विश्व फुटबलमा लियोनेल मेसीसँगै यस पुस्ताका सर्वश्रेष्ठ खेलाडी मानिएका क्रिस्टियानो रोनाल्डोलाई आफ्नो सङ्ग्रहमा प्रायः सबै ट्रफी जम्मा गरे पनि विश्वकप ट्रफीले लोभ्याइरहेको छ । ४१ वर्ष पुगेका रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम अवसर छ भन्दा फरक पर्दैन । पाँच पटक ‘बालन डी ओर’ जितिसकेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुनुहुन्छ […]

तनहुँका सबै पालिकामा मगर भाषाको पठनपाठन विस्तार गरिने

तनहुँ, जेठ १८ गते ।  तनहुँका सबै स्थानीय तहमा क्रमशः मगर भाषाको पठनपाठन विस्तार गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण प्रदान गरेर विद्यालयस्तरमा पठनपाठन विस्तार गर्ने तयारी थालिएको हो । नेपाल मगर संघ तनहुँको आयोजनामा तथा शुक्लागण्डकी नगरपालिकाको सहयोग आइतबार […]

‘उद्यमशीलताबाट गरिबीको समाधान’

काठमाडौँ, जेठ १८ गते  । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले वित्तीय समावेशीकरण र उद्यमशीलता विकासका माध्यमबाट गरिबीको समाधान गर्न सकिने बताउनुभएको छ । स्रोहौँ सामाजिक व्यवसाय दिवसका अवसरमा स्वावलम्बन विकास केन्द्रले आइतबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको ‘तीन शून्य’ (शून्य गरिबी, शून्य […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल