दाङ, असोज ५ गते ।
लेखक लीला शर्माको पुस्तक ‘अस्मिता’ को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ दाङको घोराहीमा लोकार्पण गरिएको छ । जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि चिठी पुर्याइदिने बहानामा आफूलाई माओवादीसित पुर्याइएको स्मरण गर्दै लेखक लीला शर्माले लोकार्पणका लागि उही ठाउँ घोराही रोजेको बताउनुभयो ।
“जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु । यी दौरानमा दुइटा लडाइँ लडियो । एउटा युद्ध र अर्को क्यान्सर । जे देखेँ भोगेँ, त्यही लेखेकी छु,” लेखक लीला शर्माले भन्नुभयो, “युद्धकालभरि म धेरै डायरी लेख्थेँ । अझै धेरै डायरी जोगाएर राखेकी छु । आफ्नो कथा आफैँ लेख्नु पर्छ भन्ने लागेर पुस्तक लेखेकी हुँ ।” लेखक लीला शर्मासहित अग्रज पत्रकार तथा लेखक नारायण शर्मा, समालोचक तथा कवि अमर गिरी, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम तथा नेपालयका सम्पादक विमल आचार्यले पुस्तक लोकार्पण गर्नुभएको थियो । पब्लिकेसन नेपालयले प्रकाशन गरेको २३६ पृष्ठको पुस्तक रहेको छ ।