भक्तपुर, माघ १ गते : जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय […]
काठमाडौं, पुस २८ गते । स्वास्थ्य मन्त्रालयले आकस्मिक र भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा जीवनरक्षाका लागि तत्काल नजिकको अर्को अस्पतालमा प्रेषण गर्ने व्यवस्था सुनिश्चित गर्न नयाँ बिरामी प्रेषण(रेफरल) निर्देशिका जारी गरेको छ। नयाँ निर्देशिकाले बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा पुर्याउन प्रक्रिया सरल र सुरक्षित बनाउने उद्देश्य राखेको छ। यसले अस्पतालहरूमा परीक्षणको दोहोर्याई कम गर्ने […]
जाजरकोट, पुस २७ गते । जिल्ला सदरमुकाम खलङ्गा बजार यतिबेला दुर्गन्धित बनेको छ । भेरी नगरपालिका–३ र ४ का सर्वसाधारण र व्यापारीले जथाभाबी फोहोर फालेपछि दुर्गन्धित भएको हो । भेरी नगरपालिकाको सदरमुकामभित्रको फोहोर सङ्कलन गरे पनि एक महिनामा एक पटक फोहोर उठाउन आउने गरेकाले घर, भान्सा, पसलबाट निस्केको फोहोर जथाभाबी फाल्दा दुर्गन्ध बढेको हो । व्यापार व्यवसाय गर्दै […]
बुटवल, पुस २७ गते । राजस्व अनुसन्धान कार्यालय बुटवलले ठुलो मात्रामा भन्सार छलीको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । राजस्व छलेर काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको लु. प्र. ३००१ ख ०११४ नम्बरको गाडीबाट ३१ लाख रुपियाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको हो । उक्त चुरोट नेपालगन्ज हुँदै भारत लैजाने उद्देश्यले तस्करहरूले ट्रान्सपोर्टको गाडी […]
प्युठान, पुस २६ गते । जिल्लामा झिमरुक गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको हो । झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलसहितको टोलीले घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको हो । उनीहरु हिड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि परिचयपत्र दिन घरमै गएको […]
काठमाडौँ, पुस २४ गते: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो। कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरण नगरी सञ्चालनमा आएको उजुरीपछि […]
फिदिम, पुस २१ गते : जिल्लालाई खोरेत रोग मुक्त गर्न एकीकृत रणनीति बनाउन सरोकारवाला एकमत भएका छन् । खोरेत रोग नियन्त्रण गर्न सके दुध र मासुको अन्तराष्ट्रिय बजार विस्तार हुनका साथै स्वस्थ उत्पादनले मानव स्वास्थ्य र दुधजन्य वस्तुको बिक्री वापत प्राप्त हुने मूल्यमा सुधार आउने भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पॉचथरले फिदिममा आयोजना गरेको […]
अँध्यारोमा बिरालोको आँखा चम्किएजस्तै बालबालिकाको आँखाको नानी पनि चम्किन्छ भने रेटिनोब्लास्टोमा भएको हुन सक्छ । विज्ञका अनुसार यति चेतनाको अभावमा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) भएका बालबालिका ढिलो गरी अस्पताल पुग्ने गरेका छन् । यस्तो अवस्थामा प्रभावित बालबालिकाले दृष्टि गुमाउनुपर्ने एवं थप जटिलता हुन नदिन आँखाको गेडा नै निकाल्नुपर्ने हुन्छ । नेपाली कतिपय समुदायमा बालबालिकाको आँखामा सेतो टीका जस्तो देखिएमा त्यसलाई […]
तानसेन, पुस १६ गते । दुई करोडभन्दा बढी खर्च गरेर स्थापना गरेको कोभिड ल्याब अलपत्र अवस्थामा पुगेको छ । कोरोना सङ्क्रमणको जाँच हुन छाडेपछि दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको संरचना, ल्याबका सामग्री, कार्यालय तथा अन्य फर्निचर अलपत्र अवस्थामा रहेका छन् । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तानसेनको धोबीधारामा सञ्चालनमा ल्याएको कोभिड ल्याब निर्माणका […]
सुर्खेत, पुस १६ गते । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई भत्ताभन्दा पोसिलो खानेकुरा दिनुपर्ने आवाज उठेको छ । भत्ताको रकमले उनीहरूले मदिरा तथा अन्य फजुल खर्च गर्ने र स्वास्थ्यमा समस्या आउन थालेपछि उनीहरूलाई भत्ताको सट्टा पोसिलो खानेकुरा दिनुपर्ने जनाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा राउटे समुदायलाई दिइने भत्तालाई […]