alliance khabar

बुधबार, मंसिर ०३, २०८२

नेपालगन्ज, मङ्सिर ३ गते ।

बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो ।

उहाँका अनुसार जिल्लाका केही स्थानमा दुईवटा पशु मरेको भए पनि अहिले अधिकांश क्षेत्रमा अवस्था सामान्य रहेको छ । दसैँअघि सातवटै स्थानीय तहका करिब १६२ भन्दा बढी पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको थियो ।

यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको हो ।

जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काका अनुसार सङ्क्रमण देखिएलगत्तै खोप वितरण र पशुको आहारामा ध्यान दिइएकाले रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार केही किसानले आफ्नै खर्चमा औषधी किनेर उपचार गरेका थिए भने केहीलाई गाउँपालिकाले सहयोग प्रदान गरेको थियो । हाल १६२ सङ्क्रमित पशु चौपायामध्ये सातवटा मात्र उपचाररत छन् ।

राप्तीसोनारी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार गाउँपालिका–६ को खल्ला टपरीबाट सुरु भएको सङ्क्रमण पछिल्लो समय वडा नम्बर ८ सम्म पुगेपनि अहिले आएर नियन्त्रणमा आएको छ ।

उहाँले भन्नुभयो, “सुरुमा भ्याक्सिनको अभावले चुनौती थियो, तर पछि भ्याक्सिन सबैलाई उपलब्ध भएपछि अहिले अधिकांश पशुमा देखिएको लम्पी स्किन नियन्त्रणमा आएको छ ।”

नरैनापुर गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जगतराम यादवका अनुसार नरैनापुरमा ८५ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएपनि स्थिति नियन्त्रणमा रहेको छ ।

पशु चिकित्सकहरूका अनुसार निरन्तर निगरानी, खोप व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमका कारण लम्कि स्किनको सङ्क्रमण नियन्त्रणमा आएको र रोगलाई नै स्थायी रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल