काठमाडौं, मङ्सिर १५ गते । आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । उक्त प्रतिवेदन अनुसार पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ […]
यौनाङ्गमा मुसालाई चिकित्सा भाषामा जेनाइटल वार्टस् भनिन्छ । यौनाङ्गमा मुसा आउने समस्या निकै पुरानो हो किनकि ‘फादर अफ मेडिसिन’ भनेर कहलिने हिपोक्रेटसको समयमा पनि यस बारेमा उल्लेख छ । त्यसो त हात, खुट्टा र अनुहारमा मुसा आउनु सामान्य नै मानिन्छ । त्यस्तो खालको मुसा दुख्ने खालको हुँदैन र त्यस्तो मुसाको आकारमा कुनै परिवर्तन आएन भने चिन्ता लिनु पर्दैन […]
खोटाङ, मङ्सिर १२ गते : खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको निःशूल्क उपचार गराएको छ । पाठेघरको समस्या भएका गाउँपालिका भरिका ३२ जना महिलाको निःशूल्क उपचार गराएको गाउँपालिकाले जनाएको छ । ३२ जनामध्ये १९ जनाको शल्यक्रियामार्फत उपचार गरिएको गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो । गाउँपालिकाले खटाएको स्वास्थ्यकर्मीले वडा वडामा पुगेर पाठेघर (आङ) खस्ने समस्या […]
काठमाडौँ, मङ्सिर ११ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ। सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर […]
काठमाडौं, मंसिर ८ गते । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएको हो । विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदुत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा […]
चितवन, कात्तिक २८ गते : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो विस्तारित सेवा सुरु गरेको छ । क्यान्सरसम्बन्धी सामान्य परीक्षण, पुनः परीक्षण तथा विशेषज्ञसँग छलफल तथा अन्य सेवाका लागि भरतपुर आउनुपर्ने बाध्यता हटाउन अस्पतालले विस्तारित सेवा सुरु गरेको हो । क्यान्सरको सामान्य जानकारी लिन, परामर्श गर्न, चिकित्सकलाई देखाएर औषधी खानलगायतका समस्या समाधान गर्न नजिकैको अस्पतालमा […]
धरान, कात्तिक २७ गते : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘ब्रेन डेथ’ भएका व्यक्तिको विभिन्न अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गरेर उपचार गर्नका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सोमबार धरान उपमहानगरपालिकामा कार्यकर्तासँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो । मानिसको ‘ब्रेन डेथ’ भई मृत्यु भएको २४ घण्टाभित्र आँखा, मुटु, मिर्गौला, फोक्सो, कलेजो छालालगायतका अङ्ग निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण […]
धम्बोझी, कात्तिक २६ गते : ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने भएकोले यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको सरोकारवालाहरूले बताउनु भएको छ । नेपालगन्जमा भएको अभिमुखीकरण कार्यक्रममा ब्रुसेलोसिस रोगले पछिल्लो समय कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई असर गर्ने उच्च सम्भावना रहेको बताइएको छ । पशुहरूबाट मानिसमा तथा मानिसबाट पशुमा सर्ने जुनोटिक रोगहरूका बारेमा सचेतना जगाउन नेपालगन्जमा भएको […]
काठमाडौँ, कात्तिक २५ गते । मारवाडी सेवा समिति अन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४ औँ गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । धर्मशालाले आवश्यक पर्ने व्यक्तिलाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै आएको छ । चाडपर्वको बिदाका कारण यसबिचमा काम रोकिएको थियो । मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले २०५४/५५ सालबाट […]
जेनेभा, कात्तिक १७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टिबी) का बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्दा बढी हो । डब्लुटिओले मङ्गलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टिबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति […]