आज विश्व ध्यान दिवस । भर्खरै संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिख अथवा विश्वको वर्ष भरिको सबैभन्दा छोटो दिन, आजलाई विश्व ध्यान दिवसको रूपमा मान्यता दिएको छ । म यसमा खुसी व्यक्त गर्न चाहन्छुु र संयुक्त राष्ट्र सङ्घलाई धन्यवाद भन्न चाहन्छुु । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुुटेर्रेसलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छुु । आजको यस […]
काठमाडौं, पुस ६ गते । शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । विश्व ध्यान दिवसको अवसरमा कैलाशकुट सामाजिक अभियानले आज काठमाडौंको हाँडिगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापन सम्वन्धी जनचेतना अभिबृद्धि कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभाग प्रमुख डा. सरोजप्रसाद ओझाले बताउनुभयो । स्वस्थ जीवनका लागि योग र ध्यानलाई […]
काठमाडौँ, पुस ६ गते । नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो । साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि […]
मोरङ, पुस ६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा शनिबार यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उहाँले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन […]
काठमाडौं, पुस ५ गते : चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले यसअघि नै […]
नेपालगन्ज, पुस ४ गते : नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । पाँच महिनाअघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले बताउनु भयो । यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा. श्रेष्ठले यो सेवाको […]
पोर्ट–ओ–प्रिन्स (हाइटी), पुस ३ गते : हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएको छ तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीषण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट […]
काठमाडौं, पुस ३ गते : किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेल अनुसार आगामी माघ २२ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानका लागि पहिलो चरणमा चार लाख ६० […]
काठमाडौं, पुस ३ गते : चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ट मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई जाडोमा मुटुरोगको समस्याले अन्य बेलाको […]
नेपालगन्ज, मंसिर ३० गते : जाडो बढ्दै जाँदा नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको छ । बाँकेमा अहिले रगतको अभाव भइरहेकाले “रक्तदान गरौं : जीवन उपहार दिउँ” नारासाथ गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार […]