काठमाडौँ, कात्तिक २ गते । नर्भिक इन्टरनेसनल अस्पतालले नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार कायम गरेको छ । नर्भिक अस्पतालका […]
बागलुङ, कात्तिक ३ गते । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो । अत्यावश्यक औषधी खरिदका लागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पाठक बताउनुहुन्छ । अस्पतालको फार्मेसीमा नपाएको औषधी अस्पतालमै कार्यरत कर्मचारीको निजी क्लिनिकमा भेटिने गरेको तथ्य बाहिर आएको […]
बेनी (म्याग्दी), कात्तिक २ गते । धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् । शिविरमा धवलागिरि–७ ताकमका साथै धवलागिरि–२ लुलाङ, वडा नं ३ मुना र […]
गलकोट (बागलुङ), असोज ३० गते । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार […]
सप्तरी, असोज २८ गते । पानीमा लेदो भेटिएपछि सप्तरीका एक उद्योगलाई दुई लाख जरिवानासँगै बिक्रीमा पनि रोक लगाइएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड ब्रैरभेज इन्ड्रष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवानासहित बिक्रीमा रोक लगाइएको हो । इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसँग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुई […]
बागलुङ (गलकोट), असोज २८ गते । बागलुङ जिल्लामा डेंगु सङ्क्रमणको सङ्ख्या बढेको छ । अघिल्लो साता मात्रै जिल्लाभर ११० जनामा भएको डेंगु सङ्क्रमण बढेर २५७ पुगेको छ । डेंगु बढेपछि बागलुङ बजारमा खोज र नष्ट गर अभियान सोमबारदेखि थालिएको छ । डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि बागलुङमा सोमबारदेखि ‘खोज तथा नष्ट’ अभियान सुरू गरिएको […]
धनगढी, असोज २७ गते । चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् । चाडपर्व खर्चसहित महङ्गी भत्ता र पोशाक नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । भत्ता पाउनु पर्ने माग राख्दै कर्मचारीले आज सामाजिक विकास मन्त्रालयको मूलगेटमा पुगेर प्रदर्शन गरेका छन् । भत्ता भुक्तानी नभएमा […]
बागलुङ, असोज २७ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक सय ३६ जना आँखाका बिरामी र दुई सय ३९ जना महिला स्वास्थ्यसम्बन्धी बिरामीले सेवा लिएका हुन् । […]
स्याङ्जा, असोज २३ गते । अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन गर्न थालेको छ । गाउँपालिकाको आयुर्वेद शाखा मार्फत दुई वटा मेसिनको प्रयोग गरेर आयुर्वेदिक औषधी उत्पादन थालेको हो । स्थानीय स्तरमा पाइने हर्रो, बर्रो, अमला, बेसार, लसुन, टिमुर, काफल, चुत्रो, निम, असुरो, हडचुर, तितेपाति, धयरी जडिबुटीहरूको खोज र खरिद गरेर औषधी उत्पादन गरिएको हो […]
कञ्चनपुर , असाेज २गते । थारू समुदायमा रहेको वंशाणुगत रोग ‘सिकलसेल एनिमिया’ पहिचानका लागि रगत परीक्षणलाई उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले थारु समुदायको बाहुल्यता रहेका पालिकामा रगत परीक्षण शिविर नै सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुई हजार चार सय […]